हर्षवर्धनको नेपाल भ्रमणले संवादहिनता तोड्योः पूर्व परराष्ट्रसचिव

१२ मंसिर, काठमाडौँ ।
पूर्व परराष्ट्रसचिव प्रधुम्नविक्रम शाहले भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गलाको नेपाल भ्रमणले दुई देशबीचको संवादहिनता तोडेको बताएका छन । दुईदिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका श्रृङ्गलाको नेपाल भ्रमणले नेपाल भारतबीच विगत एक वर्षदेखिको संवादहिनता तोडेको उनले बताए ।

दक्षिण एसियाको महाशक्तिका रुपमा उदाइरहेको भारतलाई नेपाल लगायत छिमेकीहरुसँग चिसिएको सम्बन्धले फाइदा पनि नगर्ने उनले बताए । श्रृङ्गलाको नेपाल भ्रमणले दुई देशबीचको चिसिएको सम्बन्ध सुमधुर मात्रै नभएर भारतको आन्तरिक जीवनमा पनि यसले ठूलो भूमिका खेल्ने उनले बताए ।

Advertisement

 

उनले भने, ‘‘यसले बलरोल हुन थालेको छ । दुई पक्षिय वार्ता नभएर संवादहिनताको अवस्थालाई यसले चिरेको छ । भारतको चाहानापनि छिमेकी राष्ट्रहरुसँग चिसिएको सम्बन्धले फाइदा गर्दैन भन्ने हो । आन्तरिक राजनीतिक र अन्तर्राष्ट्रियस्तरम भारतको ‘क्रिटिसिजम’ नै हुन्छ । त्यसैले पनि भारतले नेपाल लगायत माल्दिभ्स, भुटान र बंगलादेश लगायतका देशहरुसँग सम्बन्ध विकास गरिरहेको छ । संयुक्त राष्ट्रसंघिय परिषदको सदस्यता पाउन प्रयासरत रहेको भारतलाई सबै देशहरुको सपोर्ट आवश्यकता पर्छ । त्यसैले भारतले सबै छिमेकीहरुसँको सम्बन्ध सौहार्द राख्न प्रयास गरेको छ ।’’

पूर्व परराष्ट्रसचिव शाहले परराष्ट्रमन्त्रीस्तरमा हुने वार्तामा नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायत ७१ ठाउँमा देखिएको सीमा विवादको विषयलाई मुख्य मुद्दा बनाउनुपर्ने बताए इपिजीले तयार पारेको प्रतिवेदनमाथि पुनः दुबै पक्षले छलफल गरी अन्तिम रुप दिनुपर्ने सुझाव पनि उनले दिए । नेपालको तराई क्षेत्रमा वर्षेनी डेढ दर्जनभन्दा बढी क्षेत्रमा डुबानको समस्या रहेको उल्लेख गर्दै उनले त्यो समस्या समाधान गर्दै नेपाल भारतको बढ्दो व्यापारघाटाको विषयमा पनि नीति परिवर्तनको मुद्दा उठाउनुपर्ने बताए । उनले रक्सौल—काठमाडौं र पूर्व—पश्चिम रेल तथा हुलाकी राजमार्ग लगायतका एजेण्डा राख्नुपर्ने पनि बताए ।

बिहीबार नेपाल आउनुभएका भारतीय विदेशसचिव श्रृगला आज (शुक्रबार) फर्किएका छन । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरेका थिए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top