×

NEPAL TIMES UPDATES

Playing
आजदेखि यी ठाउँमा चल्दैछ डोजर, पहिला सुकुम्वासी पहिचान अनि व्यवस्थापन|| Nepal Times
May 01, 2026
Playing
ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?|| Nepal Times
May 01, 2026
Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026

कोरोना खोप कुन देशमा कहिले पुग्छ ?

१२ मंसिर २०७७

१२ मंसिर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका ६ करोड बढि मानिस संक्रमित भइसकेर साढे १४ लाख मानिसको मृत्यु भइसक्दा बल्ल भाइरस विरुद्धको खोप तयार भएका खबरहरु आइरहेका छन् ।

तर खोपले आधिकारिक निकायबाट मान्यता नपाएपनि त्यसको परिक्षणमा देखिएको उत्साहजनक परिणामले गर्दा निर्माण भएका भनिएका खोपहरुले चाँडै मान्यता पाइ बजारमा चाँडै उपलब्ध हुनेमा निर्माण कम्पनीहरु विश्वस्त छन् । कतिपय विकसित राष्ट्रले खोप आगामी महिनाबाटै आफ्ना देशका नागरिकहरुलाई उपलब्ध गराउने बताइरहँदा अरुको भरपर्नुपर्ने नेपालजस्ता मूलुकमा पनि खोप आपूर्तिका लागि पहल त हुन थालेको छ तर कहिले खोप आउला भन्ने निश्चित भने छैन । खोप आपूर्तिको तयारीका आधारमा नेपालसहित एसिया महादेशका राष्ट्रहरुमा कहिले आउँछ त खोप ? अहिलेसम्म फाइजर, मोडेर्ना र एक्स्ट्राजेनेकाले निर्माण गरेको खोपको अन्तिम परिक्षण र अनुमतिको प्रकृया चलिरहेको छ । अनुमति पाएसँगै ति खोपहरुको वितरण केहि देश बाहेक विश्वभर हुने सम्भावना रहेको बताइएको छ । खोप आपूर्तिका लागि गरिएको सम्झौताका आधारमा केही एसियाली राष्ट्रमा खोप आइपुग्न सक्ने समयतालिका उल्लेख गरिएको हो । एसियाली राष्ट्रमध्येको एक चीनले कुनै पनि खोप निर्माता कम्पनीहरुसँग खरिद सम्झौता गरेको छैन तर आफैले आफ्ना नीजि कम्पनीहरुसँग मिलेर उसले खोप विकास गरिरहेको छ । चीनले आपतकालीन रुपमा सिनोभ्याक र सिनोफार्मले विकास गरिरहेका खोपलाई प्रयोगको अनुमति दिएको छ जसका कारण सिनोफार्मको खोप यस वर्षको अन्तिमसम्ममा आम नागरिकको प्रयोगका लागि अनुमति पाउने सम्भावना छ । उता जापानले एक्स्ट्राजेनेकासँग खरिद सम्झौता गरेको छ । उसले सन् २०२१ को सुरुआती ६ महिनामा १२ करोड डोज खोप पाउनेछ । अझ नोभाभ्याक्ससँग उसले २५ करोड डोजका लागि सम्झौता गरेको छ । २०२१ को दोस्रो त्रैमासिकमा दक्षिण कोरियामा कोभ्याक्स कार्यक्रमबाट खोप उपलब्ध हुनेछ । सुरुवाती चरणमा कोरियाले एक करोड मानिसका लागि खोप पाउने अनुमान छ । भारतमा सेरम इन्स्टिच्युटले खोप निर्माण गरिरहेको छ । जसको अन्तिम चरणको परीक्षण गरेपछि यस वर्षको अन्तिमसम्ममा आपतकालीन प्रयोगका लागि अनुमति लिने योजना छ । सार्वजनिक प्रयोगका लागि भने फेब्रुअरी वा मार्चसम्म उपलब्ध हुनेछ । भारतमा स्पुतनिक भी खोपको पनि अन्तिम चरणको परीक्षण जारी छ । ताइवानले सन् २०२१ को पहिलो त्रैमासभित्र कोरोना विरुद्धको खोप कार्यक्रम सुरु गर्ने बताएको छ ।

Advertisement
Advertisement

Advertisement

फिलिपिन्सले आउँदो वर्षको दोस्रो त्रैमासमा खोप उपलब्ध गराउनेगरि काम गरिरहेको छ । इन्डोनेसियाले पनि विभिन्न कम्पनीहरु सम्झौता गरि आगामी जनवरीको अन्तिमबाट जोखिम समूहमा रहेकाहरुका लागि खोप कार्यक्रम सुरु गर्ने योजना बनाएको छ । बंगलादेशले पनि भारतको सेरम इन्स्टिच्युटसँग ३ करोड डोज एक्स्ट्राजेनेकाको खोप किन्ने सम्झौता गरिसकेको छ । एक्स्ट्राजेनेकासँग ३ करोड ४० लाख, नोभाभ्याक्स कम्पनीबाट ४ करोड, फाइजरबाट एक करोड र सीएसएल लिमिटेडसँग ५ करोड १० लाख डोज गरि अष्ट्रेलियाले अहिलेसम्म १३ करोड ५० लाख डोज कोरोना खोपका लागि सम्झौता गरेको छ । आगामी जनवरी र फेब्रुअरी महिनाभित्र अष्ट्रेलियाले ३८ लाख डोज कोरोना खोप पाउने अनुमान छ । यसरी खोप निर्माता कम्पनीहरुसँग खरिद सम्झौता गरि स्रोत साधन सम्पन्न मूलुकले कोरोना विरुद्ध लड्ने योजना बनाएका छन् । नेपालका स्वास्थ्यमन्त्रीले पनि बजारमा खोप उपलब्ध हुने वित्तिकै नेपालमा पनि ल्याउने भनि आश्वासन दिएकाले नेपालमा पनि चाँडै खोप उपलब्ध हुने विश्वास त गर्न सकिएका तर खोप उपलब्ध हुने मिति भने यकिन छैन ।

भर्खरको समाचार

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top