प्रदेश १ का प्रदेश प्रमुख अधिकारीलाई कोरोना संक्रमण

१३ मंसिर ७७, शनिबार
Share this
820shares

१३ मंसिर, विराटनगर ।

Advertisement

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ।

कोरोनाको सामान्य लक्षण देखिएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा शुक्रबार बिहान गरिएकाे स्वाब परीक्षण मा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

७२ वर्षीय प्रदेश प्रमुख अघिकारीको स्वास्थ्य अवस्था सामान्य रहेकाे छ । उनी अहिले होम आइसोलेसनमै बसेकाे उनका स्वकीय सचिव प्रतिक ढकालले जानकारी दिए ।

प्रदेश प्रमुख अधिकारीसँगै उनकी श्रीमती जानुका र एक सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top