दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गरिने

६ जेठ ७५, सोमबार

काठमाडौँ, ७ जेठ ः भेरी बबई बहुउद्देश्यीय आयोजनामा सफल प्रयोग गरिएको टनेल बोरिङ मेशिन (टिबिएम) दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ खन्नसमेत प्रयोग गरिने भएको छ । 

भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजनाको सुरुङ खन्न प्रयोग गरिएको टिबिएम प्रभावकारी एवं सफल देखिएपछि दूधकोशीमा पनि नयाँ टिबिएम ल्याउन लागिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको १३.५ किलोमिटर सुरुङ खन्न टिबिएम प्रयोग गर्न लागिएको जानकारी दिए । उनले भने, “आयोजनाको अहिले विस्तृत अध्ययन भइरहेको छ, टिबिएम प्रयोगमा गर्ने गरी आयोजनाको डिजाइन गर्न परामर्शदाता कम्पनीलाई निर्देशन दिइसकेका छौँ ।”

खोटाङको रबुवाघाटमा बन्ने बाँधबाट स्थानीय धितुङमा रहने विद्युत्गृहमा पानी खसाली विद्युत् उत्पादनका लागि सुरुङ सुरुङ निर्माण गर्नुपर्ने अध्ययनबाट देखिएको छ ।

खोटाङ र ओखलढुंगाको सिमाना भएर बग्ने दूधकोशी नदीमा ८०० मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण गर्न लागिएको छ ।

लामो समयदेखि आयोजनाको क्षमता निक्र्योल हुन सकेको थिएन । कार्यकारी निर्देशक घिसिङले सुरुङ बनाएर ६०० मेगावाट र थप प्रविधि प्रयोग गरेर २०० मेगावाट गरी कूल ८०० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने गरी अध्ययन भइरहेको छ ।

गत शनिबार आयोजनाको स्थलगत निरीक्षण गर्न रबुवाघाट पुगेका कार्यकारी घिसिङले आयोजना निर्माणमा स्थानीयवासीको समेत शेयर लगानी रहने गरी कम्पनी खोलिसकिएको जानकारी दिएका थिए।

स्थानीयवासीसँगको अन्तरक्रियामा उनले भने, “आयोजना निर्माणमा एशियाली विकास बैंकको लगानीको प्रतिबद्धता छ, छिटोभन्दा छिटो ठेक्का गरेर ठेकेदार छनोट गरी आयोजना अगाडि बढाउन चाहन्छौँ ।”

उनले स्थानीयवासीको लगानीमा आयोजना निर्माणका लागि प्रतिफल दर आकर्षक छ या छैन टुङ्गो विस्तृत अध्ययन सकिएपछि मात्रै टुङ्गो लाग्ने प्रष्ट पारे । परामर्शदाता कम्पनी इएलसी इलेक्ट्रोकन्सल्ट एसपिए ‘इन एशोसिएसन विथ न्यूजेक’ जापानले आयोजनाको विस्तृत अध्ययन गरिरहेको छ ।

कम्पनीले आयोजनाको सम्भाव्यता अध्ययन अध्यावधिक साथै विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातावरणीय अध्ययन र ठेक्का कागजात तयार गर्ने छ । कम्पनीसँग सन् २०१६ को मेमा सम्झौता भएको थियो । कम्पनीले ३० महिनामा काम सक्ने गरी सम्झौता गरिएको छ ।

अन्तरक्रियामा रावाबेँसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलासहितका स्थानीय बासिन्दाले आयोजनालाई तत्काल निर्माणमा लैजानुपर्ने माग गरेका छन् । निरौलाले भने, “आयोजना कहिले निर्माणमा जाला भनेर प्रतीक्षामा छौँ, डुबान क्षेत्रमा खोटाङकै सबैभन्दा बढी धान उत्पादन हुने खेत पर्छ, तर आयोजना बन्छ भने त्यस्तो जग्गा र घरसमेत छोड्न तयार छन् ।”

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले सन् २०१४ मा गरेको अध्ययनले नेपालका १० उत्कृष्ट जलाशययुक्त आयोजनमध्ये दूधकोशी पनि एक रहेको देखाएको थियो । जलाशययुक्त भए पनि तुलनात्मक रुपमा विस्थापित हुने घरधुरी कम रहेको र नदीको बहाव पनि राम्रो रहेकाले आयोजनालाई आकर्षक मानिएको छ ।

आयोजना प्रमुख वसन्त श्रेष्ठले आयोजनाको बाँध २२० मिटर अग्लो रहने जानकारी दिए । आयोजनाको जलाशय करीब १९ किलोमिटर फैलने छ ।

आयोजना प्रमुख श्रेष्ठले भने, “आयोजनाबाट करीब १५० घरधुरी विस्थापित हुने अनुमान गरिएको छ ।” आयोजनाबाट वार्षिक रुपमा तीन अर्ब ४५ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।
रासस

 

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top