१७ मंसिर, एजेन्सी ।
जर्मनीको ट्रिएर सहरको एक फुटपाथमा तीव्र गतिको मोटर जर्वजस्ती प्रवेश गराउँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
उक्त मोटर नियतवश फुटपाथमा चढाइएको जस्तो देखिएको अधिकारीहरूले बताएका छन् । उक्त घटना पछि एक सवारी साधन र एक व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।