×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

२१ फाल्गुन २०८२

२१ फागुन काठमाण्डौ ।

पछिल्लो पटक भदौमा भएको जेनजी आन्दोलनपछि देशलाई पुनः लयमा र त्यो पनि व्यापक सुधार र शासन प्रणाली र डेलिभरी जनताले प्रत्यक्ष बदलिएको अनुभव हुनेगरि नयाँ सरकारको खोजी गरिरहँदा अन्ततः सिंगो मुलुक र सारा नेपालीले चाहेको आम निर्वाचन आज हुँदैछ ।

Advertisement
Advertisement

लोकतान्त्रिक व्यवस्थामा निर्वाचन नै सबैभन्दा ठूलो अनुष्ठान पनि हो । त्यसैले आज मतदानका लागि देशैभर विहानैदेखि उत्साह देखिएको छ । विहान सात बजेदेखि देशभर प्रायः सबै स्थानमा मतदान सुरु भएको छ । आफ्नो मताधिकार प्रयोग गर्नका लागि मतदाताहरु मतदानस्थलमा लामबद्ध भइसकेका छन् ।

धेरैले मत खसाइसकेका छन् । आज भरै साँझ पाँच बजेसम्म मतदानको प्रक्रिया चलिरहन्छ । त्यसैले आफ्नो अनुकुलको समयममा गएर यहाँहरुले पनि भोट खसाउन सक्नुहुन्छ । जेनजी आन्दोलनपछिको यो विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन हो । ७७ वटै जिल्लामा आज एकै चरणमा मतदान हुन लागेको हो ।

निर्वाचन सुरक्षाका लागि आज ७९ हजार ७२७ नेपाली सेना परिचालन गरिएको छ । ७५ हजार ७९७ नेपाल प्रहरी र ३४ हजार ५६७ सशस्त्र प्रहरी बललाई परिचालन गरिएको छ । राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९२१ जना र निर्वाचन प्रहरीहरु एक लाख ४९ हजार ९० जना खटाइएको छ ।

निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । यसपटकको निर्वाचनमा ४ अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भई मतदान गर्न आह्वान गरिसकेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पनि निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएकाले निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताएका छन् ।

आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा अपिल जारी गर्दै उनले हरेक मतदाताले निर्वाचनमा खसाल्ने एक–एक मतले राजनीतिक व्यवस्थाको स्वरूप निर्धारण, शासन, सरकार, नीति र नेतृत्व कस्तो हुने भन्ने तय गर्ने भएकाले निर्वाचनको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् ।

यस्तो महत्त्वपूर्ण अनुष्ठानमा सहभागी भएर सम्पूर्ण मतदाताले आ–आफ्नो अधिकार सुरक्षित गर्ने उनले विश्वास व्यक्त गरेका छन् । निर्वाचनमा सहभागी हुनु हरेक सार्वभौम अधिकार सम्पन्न मतदाताको कर्तव्य पनि भएको उनको भनाइ छ । यता प्रधानमन्त्री सुशीला कार्कीले आज काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत धापासीस्थित एक विद्यालयबाट मतदान गर्ने उनको सचिवालयले जनाएको छ ।

सुरक्षाकर्मीको समन्वयमा प्रधानमन्त्री मतदान गर्न जाने भएकाले समय निश्चित नभएको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए । यस्तै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिहान १० बजे मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गर्ने उनको सचिवालयले जनाएको छ ।

थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार भएकाले उनले आफैंलाई मत हाल्न भने पाउने छैनन् । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदानस्थलबाट मतदान गर्नेछन् । ओलीले दिउँसो साढे ११ बजे मतदान गर्ने उनको सचिवालयले जनाएको छ ।

ओली गृहजिल्ला झापाको क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा छन् । त्यसैले उनले पनि आफैंलाई मतदान गर्न पाउँदैनन् । ओलीसँगै झापा क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पनि आफूलाई भोट हाल्न पाउँदैनन् ।

उनले काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गर्ने छन् । भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका उनले ७ बजे नै मतदान गरेका छन् । यसैगरी रास्वपा सभापति रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदानस्थलबाट मतदान गर्ने छन् ।

रवि चितवन क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धामा उत्रिएकाले उनले पनि आफूलाई मतदान गर्न पाउँदैनन् । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनस्थित भरतपुर महानगरपालिका १४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गर्ने कार्यक्रम छ । उनले पनि आफैंलाई मतदान पाउँदैनन् । उनी रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

नेकपा सहसंयोजक माधव कुमार नेपालले गृहजिल्ला रौतहटको गौरस्थित रामजानकी कन्या आधारभूत विद्यालयबाट मतदान गर्दैछन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ७ बजे नै बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ को हल्दिबारी गाउँपालिका–१ नम्बर वडा कार्यालय गोलधापबाट भोट हाल्दैछन्। उनले भने आफूलाई नै मत हाल्नेछन् । झापा– ३ बाट नै लिङ्देन उम्मेदवार छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको मतदाता नामावली मोरङमा छ।

तर उनी सप्तरी ३ बाट उठेका छन्। उनले विराटनगर नगरपालिका–१४ अन्तर्गत डिग्री क्याम्पस विज्ञान भवनमा रहेको मतदान केन्द्रमा मतदान गर्ने छन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सप्तरी २ का मतदाता हुन् । उनले आफूलाई भोट हाल्न पाउनेछन्। सोही क्षेत्रमा पर्ने महादेवा गाउँपालिका २ को आधारभूत जनता मावि महादेवाबाट डा. सीके राउतले भोट हाल्दैछन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) सुनसरी १ बाट उठेका छन्। सुनसरी–१ कै धरान उपमहानगरपालिका–१८ का मतदाता हुन् । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा डडेलधुराको गन्यापधुराका मतदाता हुन्। तर, यसपटक उनले मतदान गर्ने सम्भावना कम छ । उनी अहिले उपचारका लागि सिंगापुरमा छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौं–४ अन्तर्गतकी मतदाता हुन्। उनले बूढानीलकण्ठ–२ स्थित साविक गाविस भवन (चपली घुम्ती)मा मतदान गर्ने उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए। पूर्वराष्ट्रपति डा. रामवरण यादवको धनुषामा नै मतदाता नामावली छ। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि गृह जिल्ला गोरखामा मतदान गर्नेछन् ।

चुनावमा उमेद्वार बनेकाहरुदेखि मतदातासम्म उत्साहजनक ढंगले मतदानमा सरिक भएका छन् । यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता छन् । यस्तै, एक लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

Advertisement

निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top