×

NEPAL TIMES UPDATES

Playing
नेपाल ’बफर स्टेट’ कि ’सार्वभौम राष्ट्र’ ?|| Nepal Times
Apr 17, 2026
Playing
World News: अडानी एशियाकै धनी,टाइटानिकको ज्याकेट लिलामी,बुढ्यौली रोक्ने औषधि बन्यो || Nepal Times
Apr 17, 2026
Playing
अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने || Nepal Times
Apr 17, 2026
Playing
एमाले–नेकपा एकताः ओली र प्रचण्डबीच अस्पतालको बेडमा निर्णायक वार्ता
Apr 17, 2026
Playing
मातातीर्थ औँसीमा प्रधानमन्त्रीदेखि कलाकारहरुको मार्मिक शब्द|| Nepal Times
Apr 17, 2026
Playing
के अमेरिकाले चिनियाँमाथि भिसा प्रतिबन्ध लगाएको हो ?विरोधीलाई साथ दिनेलाई प्रवेश निषेध|| Nepal Times
Apr 17, 2026
Playing
यूएईविरुद्धको टी– २० सिरिजमा दीपेन्द्र बने कप्तान, रोहित आउट || Nepal Times
Apr 17, 2026
Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026
Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

४ बैशाख २०८३

४ वैशाख, काठमाण्डौ ।

निर्वाचनमा जनताबाट अनपेक्षित अविश्वासपछि चिन्तित बनेका दुई ठूला कम्युनिष्ट शक्तिहरू एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा नेताहरूबीच सहकार्यका लागि गहन छलफल सुरु भएको छ । यो संवादले मूर्त रूप लिन लागेको अड्कल काटिएको छ ।

Advertisement
Advertisement

हिजै मात्र आगामी सहकार्यको नाममा एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव लेखराज भट्ट र नेकपा नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरूबीच संवाद भएको थियो। त्यसले एक चरण अगाडी पुगेर आज शीर्ष नेतृत्व तहमै पुगेको छ।

अस्पतालमा उपचार गराइरहेका एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड टिचिङ अस्पताल पुगेसँगै यो विषयले चर्चा पाएको हो। पत्थरीको अप्रेसपछि उपचाररत् ओलीलाई भेट्न बिहीबार प्रचण्ड अस्पताल पुगेका थिए।

नेकपा नेताहरूका अनुसार दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको भएको थियो। अस्पतालको बेडमै बसेर कम्युनिष्ट एकताको निर्णायक संवाद अघि बढेको छ । एमाले–नेकपा एकीकरणको चर्चा भइरहँदा शीर्ष नेतृत्वबीच भेटवार्ता भएको विषयलाई अर्थपूर्ण मानिएको भएपनि नेताहरूले भने यसलाई सामान्य औपचारिक भेटमात्र भनेका छन्।

एमाले सचिव पद्मा अर्यालले भनिन्, ‘संयोजक कमरेड अध्यक्षको स्वास्थ्य अवस्था बुझ्न अस्पताल आउनुभएको हो। दुई जनाको भेटमा अध्यक्षको स्वास्थ्यबारे कुरा भयो थप राजनितिक कुरा भएको मलाई जानकारी छैन।’ उनकाअनुसार एमाले र नेकपाबीच एकता वा सहकार्यबारे अहिलेसम्म केही कुरा भएको छैन।

‘कसैलाई व्यक्तिगत रुपमा लागाएर भेटेको भए अलगै होला तर दुई दलबीच संस्थागत रुपमा कुरा अगाडि बढेको छैन। अध्यक्ष कमरेड अस्पतालबाट निस्केपछि यसबारे कुराकानी हुन सक्ला,’ उनले भनिन्। बुझिएअनुसार त्यसअघि ओलीको सन्देश बोकेर एमालेका दुई पदाधिकारीले नेकपाका शीर्ष नेतालाई भेटेका थिए।

संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल अनि झलनाथ खनाल, वामदेव गौतमसहितका नेताहरूलाई एमालेका पदाधिकारीले आगामी दिनको सहकार्यका विषयमा छलफल गरेको बताइन्छ। उनीहरुबीच करिब ४ घण्टा छलफल भएको थियो। त्यसपछि मात्र प्रचण्ड ओलीलाई भेट्न पुगेका हुन्।

तथापि, एमाले सचिव भानुभक्त ढकालले भने भेटवार्ता स्वास्थ्य लाभसँग सम्बन्धित रहेको दाबी गरे। ‘हिजो अस्पतालले अध्यक्षज्यूलाई आइसीयुबाट सामान्य वार्डमा सा¥यो, त्यसपछि स्वास्थ्यलाभको काम गर्न प्रचण्ड कमरेड पुग्नु भएको थियो’, उनले भने।

खासमा केही दिनयता दुई दलका दोस्रो तहका नेताहरूले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन परिणाममा कम्युनिष्ट शक्तिहरूलाई नागरिकले अस्वीकार गरेकोमा उनीहरू चिन्तित थिए, त्यहीकारण ती दोस्रो तहका नेताहरूले वाम सहकार्य हुँदै एकतासम्म जाने मनोविज्ञानले छलफल थालेको बताइन्छ।

मंसिर ०८२ मा हुने स्थानीय र प्रदेशको निर्वाचनसम्मै सहकार्यका लागि ठोस आधार बन्नेगरी छलफल भइरहेको छ। तत्काल राष्ट्रिय मुद्दामा सहकार्य गर्ने, स्थानीय र प्रदेश निर्वाचनमा गठबन्धन गरी प्रतिस्पर्धा गर्नेसम्म हुने नेकपा नेताहरूको दाबी छ।

निर्वाचनले खुम्चाइदिएका एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्ड ‘संविधान निर्माता’ नेताको हैसियतले राष्ट्रियता, संविधान संशोधनका मुद्दामा सहकार्य गर्ने मनस्थितिमा पुगेको नेकपाका एक नेता बताउँछन्। प्रचण्ड पछिल्लो समय राष्ट्रिय मुद्दामा एमालेलगायत दलसँग सहकार्य हुनुपर्ने पक्षमा सार्वजनिक मन्तव्य दिइरहेका सुनिन्छन्।

यस्तोमा संविधान रक्षा, संघीयता, राष्ट्रियताको विषयमा संविधान निर्माता दलहरूबीच साझा अवधारणा हुनुपर्नेमा ओली र प्रचण्डको साझा मत भएको बुझिन्छ। एमाले उपमहासचिव लेखराज भट्टले संविधान निर्माता दलहरूबीच सहकार्य गर्ने अर्थमा एमाले र नेकपा नेताबीच संवाद भइरहेको बुझेको बताए।

‘अहिले एकतामा जानेभन्दा राष्ट्रिय मुद्दामा सहकार्य गरेर जानुपर्छ भन्ने अर्थमा मैले बुझेको छु। संविधानको रक्षा, राष्ट्रियतालगायतक मुद्दामा सहकार्य हुन सक्छ,’ उनले भने। एमाले र नेकपाबीच सहकार्य र कालान्तरमा एकताकै तहसम्म पुग्नसक्ने एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेको आशंकाले पनि पुष्टि गर्छ।

बिहीबार पाण्डेले सामाजिक संजालमा पार्टीलाई बलियो बनाउनु लाग्नुको साटो फेरि पनि वाम एकताको दौडधुप सुरू भएको भन्दै आपत्ति जनाएका थिए। बरु एमालेको पुनर्निर्माण गर्दै क्षमतावान र दक्ष युवाहरूलाई पार्टीमा भित्र्याउनुपर्ने नत्र पार्टी झन् साँघुरिँदै जाने उनको दाबी छ।

विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम हामीले भोगिसकेका छौँ। हिजो मौन बस्नु हाम्रो गल्ती थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ। एमालेलाई अब सत्ता र स्वार्थको जोडघटाउ होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट हामीले गर्नैपर्छ,’ उनले लेखेका छन्।

यसअघि २०७४ सालमा भएको एकता पदीय झगडाकै कारण भंग भएको थियो। वामपन्थी एकता आवश्यक रहेकोबारे विभिन्न समयमा नेताहरूले बोल्दै आएको भएपनि फागुन २१ को निर्वाचनमा नराम्ररी पराजित भएपछि दुई वाम दल फेरि एकताको प्रयासमा लागेका हुन्।

पछिल्लो समय दुवै दलका दोस्रो र तेस्रो तहका नेताहरूबीच भेटघाट बाक्लिएको छ। यही साता पहिलो पटक एमालेका उपमहासचिव भट्टले प्रचण्डसँग भेटेपछि यसको सूत्रपात भएको थियो। एमालेका केन्द्रीय सदस्य निरज आचार्य नेकपाका नेताहरूसँग भएका भेटघाटमा एकताको विषयमा अनौपचारिक कुराकानी हुने गरेको बताउँछन्।

नेकपा नेताहरूले ओलीसँगको भेटमा नेपालमा कम्युनिष्ट आन्दोलनको भविष्यबारे छलफल गरेका थिए। र यसको अन्त्यर्यमा उभिएका छन् उनै ओली र प्रचण्ड। यसमा पनि खास कारणहरू छन्। चुनावी धक्कापछि नेतृत्वको अस्तित्व जोगाउने स्वार्थका लागि एकता गर्न खोजिएको भन्दै एमालेकै नेताहरूले एकताको प्रयासमा असन्तुष्ट छन्।

चुनावी परिणामपछि एमाले र नेकपा दुवैमा पार्टी पुनर्गठन हुनुपर्ने माग तीव्र रूपमा अघि बढेको छ। एमालेका अध्यक्ष ओलीलाई चुनावी पराजयको नैतिक जिम्मेवारी लिँदै पद छाड्न तीव्र दबाब परेको छ। आन्तरिक तयारी नै थालिएको छ। एमालेको भावी नेतृत्वमा प्रतिस्पर्धी रहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि अब ओलीको विकल्पमा जानुपर्ने निष्कर्षमा पुगिसकेको समाचारहरू बाहिरिएका छन्।

प्रचण्डको हालत पनि ओलीको भन्दा कम छैन। २६ वटा वाम घटक मिसाएर ठूलो दल बनाएको भन्दै आए पनि चुनावी नतिजामा त्यो प्रकट हुन सकेन। सुरक्षित क्षेत्र खोज्दै रुकुम पूर्व पुगेर चुनाव जितेका प्रचण्डको दलका अधिकांश नेता भने पराजित भए। एकपछि अर्को चुनावमा कमजोर हुँदै गएको शक्तिलाई थप क्षयीकरण हुन नदिनको लागि प्रचण्ड अहिले एमालेसँगको एकताको पक्षमा उभिएको विश्लेषण हुन थालेको छ।

यसमा प्रचण्डको मूख्य दाउ चाहिं प्रमुख प्रतिपक्ष दलको नेता बन्नु हो। प्रतिनिधिसभामा एमालेको २५ सिट र नेकपाको १७ सिट छ। एकता भएमा नयाँ दलसँग सांसद संख्या ४२ पुग्नेछ। अहिले प्रतिपक्षी दल नेपाली कांग्रेससँग ३८ जना सांसद छन्। यस्तोमा एमालेसँग एकता गर्न खोजेर प्रचण्डले आफ्नो स्वार्थ परिपूर्ती गर्न खोजिरहेको नेताहरू बताउँछन्।

त्यसबाहेक प्रचण्डले हाल जारी रहेको केन्द्रीय संयोजक समितिको बैठकमा प्रतिनिधिसभा निर्वाचन ०८२ को समीक्षा प्रतिवेदनमा चुनाव हार्नुको एक कारणमा वामपन्थी दलहरू एकताबद्ध नहुनु उल्लेख गरेका थिए। यो फ्याक्टरले पनि काम गरेको बुझिन्छ।

उक्त प्रतिवेदन भन्छ, ‘एक्लाएक्लै चुनाव लडेका ९ वटा कम्युनिष्ट पार्टीले प्राप्त गरेको समानुपातिक मत ४० लाखभन्दा बढी छ। वाम शक्ति एकताबद्ध भएको भए योभन्दा अझै बढी मत अकर्षित हुन सक्थ्यो।’ केही बाहेक अधिकांश एमाले र नेकपाका युवा नेताहरू पनि वाम एकता हुनुपर्ने पक्षमा छन्।

एमाले केन्द्रीय सदस्य निरज आचार्यले निर्वाचन परिणामपछि वाम एकता वा सहकार्यको मनोविज्ञान देखिएको बताए। ‘वामपन्थी दलहरूबीच आपसमा भिड्दा ठूलो पराजय भोगेको मनोविज्ञान छ। मिल्दा वा सहकार्य गर्दा सुधार हुन सक्छ कि भन्ने देखिन्छ।यो नेता तथा कार्यकर्ताको व्यक्तिगत धारणा हो,’ उनले भने।

हुन पनि ०७४ को निर्वाचनमा एमाले अध्यक्ष ओली र तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले चुनावी गठबन्धन गरेर जाँदा प्रतिनिधिसभामा २७४ सिट मत ल्याएका थिए। यसले गर्दा देशमा कम्युनिष्ट शक्तिहरू एक भएको अनि अब स्थायित्वतर्फ जाने विश्लेषण हुन्थ्यो।

किनकी उनीहरूले ३ जेठ २०७५ मा २ दल मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए। ओली र प्रचण्ड अध्यक्ष भए। ओली बलियो सरकारको प्रधानमन्त्री बने। उनले सरकार र दाहालले पार्टी चलाउने समझदारी पनि भयो। तर, एकता भएको छोटो समयमै शक्ति संघर्ष देखिन थाल्यो।

दुई नेताबीच द्वन्द्व बढ्दै गइरहेको बेला सर्वोच्च अदालतले नेकपासम्बन्धी एक निवेदनको सुनुवाइ गर्दै २३ फागुन २०७७ मा एमाले र माओवादीलाई अलग गरिदियो। ओली प्रचण्डको एकता २ वर्ष ९ महिना २० दिन टिक्यो। भलै, त्यसपछिका दिनहरूमा पनि उनीहरूबीच सरकारमा सहकार्य हुँदै आएको छ।

दुई वर्षअघि ओलीको सहयोगमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका थिए।तर बीचमै कांग्रेसको साथ लिएर आफै प्रधानमन्त्री बनेका ओली भाद्र २३ र २४ को आन्दोलनपछि सडकबाटै लखेटिएका थिए । आन्दोलन पछिको परिस्थितिले उनीहरूलाई अलग–अलग चुनाव लड्ने परिस्थिति निम्त्याएको थियो।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top