×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

४ बैशाख २०८३

४ वैशाख, काठमाण्डौ ।

सरकार फेरि अस्पताल तथा स्वास्थ्य संस्थामा पनि हप्तामा दुई दिन बिदा दिने निर्णयमा फर्किएको छ । चिकित्सकको अडानपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति सार्वजनिक गरी शनिबार र आइतबार ओपीडी सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ।

Advertisement
Advertisement

स्वास्थ्यकर्मीको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, स्वास्थ्य संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयको भनाइ छ। यद्यपि आकस्मिक र अन्तरंगसेवाहरू भने २४सै घण्टा सुचारु राख्न जनाएको छ।

आइतबारका लागि मिति तोकिएका शल्यक्रिया तथा अन्य प्रक्रियाको व्यवस्थापन मिलाउन अस्पतालहरूलाई निर्देशन दिइएको छ। ‘बिदाका दिनहरूमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूले सम्भव भएसम्मका सेवा प्रदान गर्न, उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न र एम्बुलेन्सहरू हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ,’ मन्त्रालयले भनेको छ।

विज्ञप्तिमा भनिएको छ,’नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार मिति २०८२ चैत्र २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागु भएको सन्दर्भमा स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, सरकारको ‘हप्तामा दुई दिन सार्वजनिक बिदा को नीति अनुरूप आइतबारका पूर्व निर्धारित शल्यक्रिया लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरी अन्तरंग र आकस्मिक सेवाहरू सधैझै २४ सै घण्टा सुचारु रहने जानकारी गराईन्छ ।’

मन्त्रालयका अनुसार आइतबारका लागि पूर्वनिर्धारित शल्यक्रिया (ओटी) लगायतका सेवा बिरामीको सहजतालाई ध्यानमा राखी पुनः तालिका गरिनेछ। सर्वसाधारणको जानकारीका लागि बिदामा उपलब्ध सेवाहरूको विवरण वेबसाइट तथा सूचना पाटीमार्फत प्रवाह गर्नुपर्नेछ भने स्वास्थ्य मन्त्रालयको ‘अस्पताल सुधार कार्यविधि, २०८२’ को पूर्ण पालना गर्दै आगामी दिनमा संगठन तथा व्यवस्थापन सर्भे सम्पन्न भएपछि स्वास्थ्य सेवालाई थप सुदृढ र परिमार्जन गर्दै लगिने प्रतिबद्धता पनि जनाइएको छ।

यसअघि मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएको अवस्थामा आइतबार पनि स्वास्थ्य सेवा निरन्तरता सुनिश्चित गर्न आग्रह गरेको थियो । मन्त्रालयले गतआइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीको विश्राम अधिकार सुरक्षित गर्दै अस्पताल सेवा निरन्तर राख्ने सन्तुलित व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको भन्दै आइतबार पनि सेवा प्रदान गर्न आग्रह गरेको थियो ।

नागरिकको सर्वोत्तम हितलाई ध्यानमा राखी स्वास्थ्य सेवा जस्तो संवेदनशील तथा अत्यावश्यक सेवा यथासम्भव निरन्तर रूपमा प्रदान गर्नु हामी सबैको प्रमुख दायित्व रहेको मन्त्रालयले स्मरण गराएको थियो । तर मन्त्रालयले आइतबार ओपीडी सूचारु राख्न निर्देशन दिएपछि चिकित्सकहरू आक्रोसित भएका थिए।

साथै केही अस्पतालले मन्त्रालयको निर्देशन अवज्ञा गर्दै आइतबार अस्पताल बन्द गरेका थिए। आइतबार स्वास्थ्य संस्था बन्द गर्न नेपाल चिकित्सक संघसहित स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न १४ वटा पेशागत संगठनले स्वास्थ्य मन्त्रालयलाई दवाव दिएका थिए।

नेपाल चिकित्सक संघले मन्त्रालयले आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न गरेको आग्रह अस्वीकार गरेको थियो । संघले जनशक्ति अभाव र व्यवहारिक कठिनाइलाई कारण देखाउँदै तत्काल आइतबार ओपीडी सेवा दिन नसकिने बताएको थियो ।

संघले अनुसार हालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नियमित १०–४ ड्युटीका साथै अनकल, राउण्ड र इमर्जेन्सी सेवामा २४ घण्टा खटिनु परिरहेको अवस्थामा अतिरिक्त सेवा थप गर्नु अन्यायपूर्ण हुने बताएको थियो । चर्को दवावपछि सरकार स्वास्थ्यकर्मीलाई पनि अन्य सरकारी कर्मचारी सरह सुविधा दिन निर्णयमा पुगेको हो।

Advertisement

मन्त्रालयले बिदाका दिनमा समेत स्वास्थ्य सेवा प्रभावित नहोस् भनेर अस्पतालहरूलाई आवश्यक सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। साथै, उपलब्ध सेवाको जानकारी वेबसाइट तथा सूचना पाटीमार्फत सर्वसाधारणलाई उपलब्ध गराउन आग्रह गरिएको छ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top