कर्णालीमा जल यातायात ः कानूनी, नीतिगत र संस्थागत व्यवस्था

७ जेठ ७५, मंगलबार

काठमाडौँ, ८ जेठ ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडकको रेखाङ्कन, सुरुङमार्ग र राजमार्गका पुल निर्माणलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको बताएका छन् । 

Advertisement

काठमाण्डैंामा आज  आयोजित साक्षात्कारमा उनले पाँच वर्षभित्र काठमाडौँ–निजगढ द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गको सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताउँदै चुरे तथा भित्री मधेशका उपत्यकालाई आर्थिक तथा औद्योगिक करिडोरका रुपमा विकास गर्न पूर्व झापाको शान्तिनगरदेखि पश्चिम डडेल्धुराको रुपालसम्म मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता दिइने बताए ।

पाँच वर्षभित्र स्थानीय तहका केन्द्रलाई कालोपत्र सडकले जोड्ने, नदी किनारमा सडक निर्माण गर्ने, मेची–महाकाली, काठमाडौँ–वीरगञ्ज, रसुवागढी– काठमाडौँ–पोखरा–लुम्बिनीसम्मको रेलमार्ग निर्माण अघि बढाइने, कोशी, गण्डकी र कर्णाली नदीमा जल यातायात सञ्चालन गर्न कानूनी, नीतिगत र संस्थागत व्यवस्था गरिने र यसलाई बजेट अभाव हुन नदिइने उनले स्पष्ट गरे ।

Advertisement

सञ्चारकर्मीको जिज्ञासामा उनले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालयमा काम भएकाले केही समयका लागि बोलाइएको हो, सरुवा गरिएको होइन भने । मन्त्री महासेठले यातायात क्षेत्रलाई व्यवस्थित गरिने र यातायात विभाग अगाडि अब कुनै भीड नहुने जिकिर गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता डा रामशरण महतले सरकारको नीति तथा कार्यक्रम प्रचारमुखी रहेको आरोप लगाउँदै यो कार्यान्वयन हुन नसक्ने बताए । उनले नीति तथा कार्यक्रममा जनतालाई सपना मात्र बाँड्ने काम भएको आरोप पनि लगाए ।
रासस

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top