स्वदेशी शिक्षाबारे ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’मेला

७ जेठ ७५, मंगलबार

काठमाडौँ, ८ जेठ  ः स्वदेशमा नै गुणस्तरीय शिक्षाबारे जानकारी गराउने उद्देश्यले यही जेठ १० गतेदेखि ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’ हुने भएको छ ।

Advertisement

स्वदेशमा नै विदेशमा पाइने शिक्षा पाइन्छ भनेर जानकारी दिनका लागि शैक्षिक मेला आयोजना गर्न लागिएको आज काठमाण्डैँ आयोजित कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, (हिसान)का अध्यक्ष रमेश सिलवालले जानकारी दिए ।

“कतिपय विद्यार्थी नेपालको शिक्षाबारे जानकारी नपाएरै विदेश जाने गरेका छन्”, उनले भने, “त्यस्ता विद्यार्थीलाई हाम्रो मुलुकको शिक्षाबारे जानकारी गराई स्वदेशमा नै अध्ययनका लागि प्रोत्साहन गरिने छ ।”

Advertisement

हिसान र कान्तिपुर पब्लिकेशनले संयुक्तरूपमा आयोजना गर्ने सो मेलामा विद्यार्थीले कुन विषय, कहाँ पढ्ने, विषय छनोट कसरी गर्नेजस्ता कुरासमेत सिकाइने मेला संयोजक लोकबहादुर भण्डारीले जानकारी दिँदै मेलामा दुई लाख विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अनुमान गरिएको उनले बताए ।

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डमा तीन दिनसम्म सञ्चालन हुने मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
रासस

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top