अन्तर्राष्ट्रिय अवार्ड जित्ने विद्यार्थीलाई सम्मान

९ जेठ ७५, बुधबार

भक्तपुर, ९ जेठ ः विभिन्न देशका विद्यार्थीलाई पछाडि पार्दै अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल विद्यार्थीलाई मध्यपुर थिमिस्थित नवरत्न इंग्लिस सेकेण्डरी स्कूलले सम्मान गरेको छ ।

Advertisement

बंगलादेशको ढाकामा हालै सम्पन्न स्टूडेन्ट क्वालिटी कन्ट्रोल सर्कल (एसक्यूसीसी) सम्मेलन २०१८ को २१ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल तथा नेपालीलाई प्रतिनिधित्व गर्दै उत्कृष्ट पुरस्कार जित्ने विद्यार्थीलाई विद्यालयले मंगलबार सम्मान गरेको हो ।

विद्यालयले जेनी मानन्धर, सुमन श्रेष्ठ, सर्सिज श्रेष्ठ, अन्सु श्रेष्ठ, लसता मानन्धर, जिज्ञासा श्रेष्ठ र स्वन्ती श्रेष्ठलाई सम्मान गरेको छ ।

Advertisement

गत वैशाख २० देखि २३ गतेसम्म ढाकामा भएको सम्मेलनमा भारत, पाकिस्तान, अमेरिका, दक्षिण अफ्रिका, बेलायत, श्रीलंकालगायत नौ देशका २० भन्दा बढी स्कूलको सहभागिता रहेको थियो । सम्मेलनमा सहभागी नवरत्नका विद्यार्थीले तीन फरक विधामा उत्कृष्ट अवार्ड हात पारेका थिए ।

“पाँच फरक विधामध्ये कोलाज, क्विज कन्टेष्ट तथा केस स्टडी एण्ड प्रेजेन्टेसनमा उत्कृष्ट भएर नेपाल फर्किएपछि विद्यालयले विद्यार्थीलाई सम्मान गरेको स्कूलका प्रिन्सिपल सुरेन्द्र श्रेष्ठले बताए । नवरत्न स्कूलबाट नौ जनाको टोलीलाई नेतृत्व गर्दै बंगलादेश पुगेका श्रेष्ठ आफ्ना विद्यार्थी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम भएकोमा उत्साहित छन् ।

Advertisement

कार्यक्रममा टिन एम्बासेडर २०१८ सर्सिज श्रेष्ठ, नइ देरुनिख बाल पुरस्कार विजेता स्वन्ती श्रेष्ठ तथा नइ कोपिला पुरस्कार विजेता सगुन श्रेष्ठलाई प्रदेश ३ का प्रदेश सदस्य राजेन्द्रमान श्रेष्ठले सम्मान गरेकेा हेा ।

ढाकामा सम्पन्न सम्मेलनमा सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित माउण्ट भ्यू इंग्लिस स्कूलका विद्यार्थीले फरक तीन विधामा उत्कृष्ट अवार्ड हात पारेर शिक्षामा नेपाल विश्वमै प्रतिस्पर्धामा सफल रहेको पहिचान दिएको छ ।

माउण्ड भ्यूका विद्यार्थीमध्ये इशान महर्जन, आयुश बरुवाल, सञ्चन लिम्बू, सगुन श्रेष्ठ, रेश्मा कोइरालाको समूह, अग्र्या खड्का, बाला खड्का, अनन्या पौडेल, दृष्टि सिंह, किरण घले र उदय पौडेलको समूह र आयुश बरुवाल तथा रेश्मा कोइरालाको समूहले क्रमशः होमवर्क कपी, केस स्टडी र वादविवादमा सहभागी अन्य देशका विद्यार्थीलाई पछाडि पार्दै उत्कृष्ट अवार्ड हात पारेको विद्यालयका प्रिन्सिपल राजकुमार महर्जनले जानकारी दिए।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top