अर्थव्यवस्थामा असर पर्ने भन्दै आप्रवासी श्रमिकहरुलाई हटाउने तयारीमा बहराइन

१९ मंसिर, काठमाडौं । बहराइनले आफ्नो देशको अर्थव्यवस्थामा असर पर्ने भन्दै त्यहाँ रहेका आप्रवासी श्रमिकहरुलाई हटाउने विषयमा छलफल गरिरहेको छ ।

बहराइनको जनसंख्या, १७ लाखको आधा भन्दा बढी विदेशीहरु रहेका छन् । बहराइनले राष्ट्रिय अर्थतन्त्र र सुरक्षालाई असर पुर्याउने भन्दै आवश्यकभन्दा बढी त्यस्ता श्रमिकलाई देशनिकाला गर्न गृह मन्त्रालयको एक समिति गठन गरेको छ ।

अवैधानिक श्रमिकको विषयमा प्रतिनिधि सभामा बोल्दै बहराइनका श्रम तथा सामाजिक विकास मन्त्री जमील हुमेदंले ५३ हजार विदेशी श्रमिकको अवस्था सुधारिएको जनाएका छन् । उनले अन्य पाँच हजार एक सय ५५ श्रमिकले आफ्नो स्वइच्छा अनुरुप काम छोडेको बताए ।

Advertisement

यस्तै बहराइनमा कोरोना महामारीकै बीच आप्रवासी श्रमिकहरुको संख्यामा ३ दशमलव १ प्रतिशतले गिरावट आएको र यो वर्ष २ दशमलव ४ प्रतिशतका दरले राष्ट्रिय रोजगारीमा वृद्धि आएको हमेदंको भनाइलाई उद्धृत गर्दै गल्फ न्यूजले समाचार छापेको छ ।

अन्य खाडी देश जस्तै बहराइनले पनि स्वदेशी श्रमिकहरुलाई प्रोतसाहन गर्दै आप्रवासी श्रमिकहरुलाई कम गर्ने नीति अवलम्बन गरिरहेको गल्फ न्यूजले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top