कांग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथग्रहण आज

१२ कात्तिक २०८३, बिहीबार
Share this
786shares

१२ कार्तिक,काठमाण्डौ ।

Advertisement

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज बिहीबार हुँदै ।

केन्द्रीय निर्वाचन समितिका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथ ग्रहण समारोह आयोजना गरिने ।

Advertisement

गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।

सभापति थापाले भने दशैंको फूलपातीका दिन असोज ३१ गते नै शपथ ग्रहण गरी पदबहाली गरिसकेका छन्।

Advertisement

आज सभापतिबाहेक निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिने ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथ ग्रहण कार्यक्रमका लागि समितिले गत सोमबार सूचना जारी गर्दै निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आग्रह गरेको थियो।

कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था छ।

हाल महाधिवेशनबाट २३१ सदस्य निर्वाचित भएका छन् भने बाँकी ६६ सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था ।

बाँकी सदस्य मनोनीत गर्ने विषयमा छलफल गर्न आजै केन्द्रीय समिति बैठक बस्ने ।

शपथ ग्रहणपछि पार्टीको केन्द्रीय नेतृत्वले संगठन विस्तार, आगामी राजनीतिक कार्यदिशा र पार्टीका अन्य महत्वपूर्ण विषयमा काम अघि बढाउने अपेक्षा ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top