१२ कार्तिक,काठमाण्डौ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले गर्याे पहिलो जित दर्ता ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्याे ।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो।
सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे।

उनले ३६ बलमा चार चौका र दुई छक्काको मद्दतले ५१ रन बनाए।
इशान पाण्डेले ३७ रन जोड्दै टोलीको जितमा महत्त्वपूर्ण योगदान दिए।
ब्रान्डन म्याकमुलेनले २२ तथा सैफ जैबले १६ रन बनाए।
सुरुआती ओभरमा ब्रान्डन म्याकमुलेन र विनोद भण्डारीको विकेट गुमाएपछि दबाबमा परेको सुदूरपश्चिमलाई दीपेन्द्र र इशानको साझेदारीले सम्हालेको थियो।
पोखराका धनन्जय लक्ष्मण, मेहदी हसन र साकिब अल हसनले समान एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रन बनाएको थियो।
अर्जुन घर्तीले सर्वाधिक ४०, मेहदी हसनले ३२ र कप्तान कुशल भुर्तेलले २१ रन बनाए।
सुदूरपश्चिमका अनिल खरेलले तीन विकेट लिए भने हेमन्त धामी, स्टक कुगेलेइन र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए।
यस जितसँगै सुदूरपश्चिमले दुई अंक जोडेको छ।



