एनपीएलःकाठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

१२ कात्तिक २०८३, बिहीबार
Share this
704shares

१२ कार्तिक,काठमाण्डौ ।

Advertisement

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदै ।

पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।

Advertisement

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।

पहिलो खेलमा पराजित भएको जनकपुर आज पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।

Advertisement

जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो।

कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९ ओभर ३ बलमा ११३ रनमै अलआउट भएको थियो।

काठमाडौं गोर्खाज भने यस सिजनको पहिलो खेल खेल्दैछ।

टोली पनि प्रतियोगितामा जितसहित सुरुआत गर्न चाहन्छ।

जनकपुरको कप्तानी अमेरिकी बलिङ अलराउन्डर हर्मित सिंहले गरिरहेका छन् भने काठमाडौंको नेतृत्व करण केसीले गर्नेछन्।

आजको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। उक्त खेल साँझ ४ः३० बजे सुरु हुनेछ।

कर्णालीले पहिलो खेलमा जनकपुरलाई हराउँदै दुई अंक जोडिसकेको छ।

विराटनगर भने आफ्नो पहिलो खेलमा चितवन राइनोज सँग आठ रनले पराजित भएको थियो।

विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले सम्हाल्नेछन्।

आज जनकपुर र विराटनगर पहिलो जितको खोजीमा हुँदा कर्णाली लगातार दोस्रो जित निकाल्न चाहन्छ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top