शिक्षा आयोगको प्रतिवेदन सरकारले मान्नै पर्ने भन्ने छैन: गंगालाल तुलाधर

१९ मंसिर, काठमाडौँ ।
पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आयोगकै सदस्यहरुले आफूखुशी सार्वजनिक गर्न नमिल्ने टिप्पणी गरेका छन् । आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेपछि आयोगको प्रयोजन नै समाप्त भएको अवस्थामा आयोगमा रहेका केही सदस्यहरुले प्रतिवेदन सार्वजनिक गर्न स्वतन्त्र नभएको बताएका हुन् ।

आयोगका अधिकांश सदस्यहरुले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेपछि आयोगका सदस्य समेत रहेका तुलाधरले यस्तो टिप्पणी गरेका हुन् । शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै पूर्वमन्त्री तुलाधरले सरकारले आफ्नो प्रयोजनको निम्ति आयोग बनाएको र आयोगले सरकारलाई प्रतिवेदन बुझाएपछि आयोगको प्रयोजन नै समाप्त भइसकेको बताए । आयोगले दिएको प्रतिवेदन सरकारले जस्ताको तस्तै लागू नगर्न पनि सक्ने उनको भनाई छ ।

आर्थिक व्ययभार बढाउने, जनशक्तिका प्रश्नहरु र अन्य किसिमका समस्यालाई हेरेर सरकारले सार्वजनिक गर्ने विषय भएको बताए । सरकारले ४ सय ९८ पृष्ठ लामो प्रतिवेदन बाहिर सार्वजनिक नगरेपनि गत वर्ष ८४ पेज लामो सारांश सार्वजनिक गरिसकेको र त्यसलाई राष्ट्रिय शिक्षा नीतिको मूल दस्तावेजको भावनामा समेटेर सार्वजनिक भएको मान्नुपर्ने बताए । त्यो कुरामा पनि सरकार इमान्दार नभएको भए विरोध गर्न पाइने तर आफुखुशी सदस्यहरुले प्रतिवेदन सार्वजनिक गर्ने कुरा उपयुक्त नभएको बताए ।

सरकारले प्रतिवेदन सार्वजनिक नगरेर गल्ति गरेको छ भन्दैमा सदस्यहरुले आफै सार्वजनिक गरेर अर्को गल्ति नगरेको भए राम्रो हुने तुलाधरको भनाई छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् । २०७५ असार २४ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन गरेको आयोगले २०७५ पुष २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top