कोरोना विरुद्धको खोप लगाउन नागरिकलाई दबाब दिइने छैन : बाइडेन

१९ मंसिर ७७, शनिबार

२० मंसिर, एजेन्सी ।

Advertisement

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले कोरोना भाइरस विरुद्धको खोप उपलब्ध भएपछि नागरिकहरुलाई खोप लगाउन दबाब नदिइने बताएका छन् ।

अमेरिकास्थित रोग नियन्त्रण केन्द्रले पहिलोपटक सर्वसाधारणलाई घरबाट बाहिर निस्कँदा र अन्य व्यक्तिको घरमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरे लगत्तै बाइडनको यस्तो भनाई आएको हो ।

Advertisement

रोग नियन्त्रण केन्द्रले पछिल्लो समय अमेरिकामा उच्च तहको संक्रमण भएको जनाएको छ । शुक्रबार मात्रै कोरोना संक्रमणका कारण २ हजार ८ सय जनाभन्दा बढीको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कुल संक्रमितको संख्या १ करोड ४० लाख नाघेको छ ।

यसैगरी हालसम्म अमेरिकामा २ लाख ७५ हजारभन्दा बढीले संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् । कोरोना विरुद्ध खोप निर्माण गरेका फाइजर र मोर्डना नामक दुई कम्पनीले अमेरिकाको खाद्य तथा औषधि व्यवस्थामा विभागमा खोप वितरणका लागि आवेदन दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top