अमेरिकापछि चीनले राख्यो चन्द्रमामा राष्ट्रिय झण्डा

२० मंसिर ७७, शनिबार
Share this
702shares

२० मंसिर, एजेन्सी ।
चीनले आफ्नो राष्ट्रिय झण्डा चन्द्रमामा राखेको तस्बिर सार्वजनिक भएको छ ।

Advertisement

रोबोटिक ‘चाङ अफ फाइभ मिसन’ अन्तर्गत केहीदिनअघि चन्द्रमामा पुगेको अन्तरिक्ष यानको ल्यान्डरले त्यहाँ झण्डा राखेको हो। यससँगै चन्द्रमामा झण्डा राख्ने चीन दोस्रो राष्ट्र बनेको छ। यसअघि अमेरिकाले सन् १९६९ मा एपोल्लो ११ मिसन अन्तर्गत चन्द्रमामा आफ्नो राष्ट्रिय झण्डा राखेको थियो।

चिनियाँ मिसन अन्तर्गत उक्त यान त्यहाँ चट्टान र धूलो संकलन गरेर फेरि पृथ्वी फर्कने छ। यानमा रहेको ल्यान्डरले मन्स रुम्केर उच्च ज्वालामुखी क्षेत्रलाई आधार बनाएर केही दिन त्यहाँको वस्तुगत अवस्था र सामाग्रीहरुको अध्ययन गर्नेछ। ल्यान्डरमा क्यामेरा, रेडार, स्कुप, ड्रिल र स्पेक्ट्रोमिटर जडान गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top