जाडो छल्न भेँडीगोठसहित गाउँबाट बेँसीमा

१९ मंसिर ७७, शनिबार

२० मंसिर, ताप्लेजुङ ।
सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् ।

बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका हुन् । मध्यबर्खामा झण्डै चार हजार मिटर माथिको उचाइमा पर्ने विभिन्न खर्कमा भेडा गोठ राखेका भक्तबहादुर कात्तिकपछि क्रमशः औलतर्फ झर्दै मङ्सिर लागेसँगै २०० बढी भेडाको बथानसहित गाउँघरमै आइपुगेका हुन् ।

“याम्फुदिन, सुरुम्खिम, कालीखोलाका विभिन्न खर्क हुँदै गाउँमै आइपुगियो, फागुनसम्म औलमै गोठ राख्नुपर्छ”, भक्तबहादुरले भने । चिसो बढेसँगै भेडाले औलतर्फ झर्ने सङ्केत गर्ने उनको भनाइ छ ।

Advertisement

“गर्मी बढेपछि औलबाट क्रमशः उकालो चढ्छन्, तल झर्न मान्दैनन्, फेरि लेकमा जाडो बढेपछि ओरालोतर्फ झर्छन्, सोहीअनुसार गोठ सार्ने गर्नुपर्छ”, उनले भने । यता फुङलिङ नगरपालिकामा पर्ने फावाखोलाका गोपाल विष्ट पनि ३०० भेडाको बथानसहित फक्ताङलुङ गाउँपालिकामा पर्ने लेलेपमा झरेका छन् ।

करिब चार हजार मिटरमाथिको उचाइमा पर्ने चेइराम, सेलेलेलगायतका क्षेत्रमा महिनौँ दिन बिताएका विष्ट जाडो बढेसँगै भेडी गोठ लिएर औल झरेका हुन् । केही दिन सोही क्षेत्रमा नै गोठ रहने र मङ्सिर अन्तिमतिर फावाखोला क्षेत्रमा आइपुग्ने उनको योजना छ ।

Advertisement

प्रायः उच्च हिमाली क्षेत्र रुचाउने भेडाले धेरै चिसो पनि सहँदैनन् र बढी गर्मी पनि मन पराउँदैनन् । कात्तिकदेखि फागुन लाग्दासम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले हिमाली क्षेत्रका विभिन्न खर्क हुँदै यतिबेला भेडाका बथान बेँसीसम्म आइपुगेका हुन् । फागुनदेखि भने भेडाको बथान उकालोतर्फ नै लाग्छन् ।

ताप्लेजुङको फावाखोला, याम्फुदिन, खेवाङ, सुरुम्खिम, आङ्खोप, लिंखिमलगायतका करिब एक दर्जन किसानले भेडापालन गरेका छन् । केही वर्ष अघिसम्म भेडीगोठ उल्लेख्यरुपमा रहे पनि क्रमशः चरन क्षेत्रको अभाव, वन्यजन्तुको आक्रमण, जनशक्तिको अभावलगायतका कारण घट्दै गएको पाइन्छ ।

“उच्च क्षेत्रका खर्कमा वन कुकुर, भालु, हिउँ चितुवाले आक्रमण गरेर धेरै भेडा मर्छन्, कति रोगले मर्छन्, अर्कातिर खर्कहरु मासिँदै गएका छन्, सामुदायिक वन क्षेत्रमा धेरै शुल्क तिर्नुपर्छ, जनशक्ति नपुग्दा स्याहार गर्न पनि गाह्रो छ”, गोपाल विष्टले भने ।

गएको भदौमा मात्रै ३२ वटा भेडा वन्यजन्तुको शिकार बनेको विष्टको भनाइ छ । यस्तै दर्जनौँ भेडा जङ्गलमै हराएको समेत विष्टले बताए । भेडीगोठ लोप हुँदै गएको अवस्थामा यसको महत्व पनि थपिँदै गएको छ तर अनेकौँ समस्याले कतिपय भेडापालक किसान अन्य पेशा व्यवसायतर्फ लागेका छन् ।

वर्षौंदेखि भेडापालन गर्दै आएका फावाखोलाका चतुरमान इजम, भीमबहादुर कार्की, भीमबहादुर विष्ट, बलराम विष्ट र धनबहादुर विष्टलगायतले भेडीगोठ छाडेर अन्य पेशा व्यवसायमा लागेको स्थानीय कमल विष्टले बताए ।

भेडा बहुउपयोगी जनावरको रुपमा लिने गरिन्छ । भेडाको ऊन कम्मल, राडी, स्विटर बनाउन प्रयोग हुने गरेको छ भने यसको घ्यू औषधिकै रुपमा प्रयोग हुने गरेको छ । यस्तै यसको मासुसमेत प्रायले रुचाउँछन् ।

ऊनबाट बनेका कपडा धेरै न्यानो हुन्छन् भने यसको घ्यू विभिन्न घाउखटिरा आउँदा, आगोले पोल्दा औषधिको रुपमा प्रयोग हुने गरेको बताइन्छ ।

पाल्न सक्दा राम्रो आम्दानीको स्रोत मानिने भेडीगोठको संरक्षण र वृद्धि विकासका लागि सरकारले थप अनुदानलगायतका सहुलियत प्रदान गर्न आवश्यक रहेको स्थानीय किसानको भनाइ छ । (रासस)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top