विराटनगर,जेठ ९ ः युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाउने भएका छन् । इण्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रर्दशन गरेर फर्किए लगत्तै सन्दीपले कार पाउने भएका हुन् ।
टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिन लागेको हो । उनले चढ्ने टाटा मोटर्सको टिगोर कारको कारको सबै मुल्य कम्पनीले दिनेछ ।
मत्र १७ वर्षका सन्दीप हालै आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
दिल्ली डेडरडेभिल्सबाट अन्तिम तीन खेलको मौका पाएका उनले आफुलाई अब्बल सावित गरेका छन् ।
आईपीएलमा दिल्लीको अन्तिम खेलमा मुम्बई इन्डियन्सविरुद्ध जित दर्ता गर्दा उत्कृष्ट प्रर्दशन गर्दै उनले तीन विकेट लिए ।दिल्लीले हालै सन्दिपलाई यो आईपीएलका सबैभन्दा प्रतिभावान खेलाडी समेत भनेर आफ्नो पेजमार्फत भनेको छ ।