×

NEPAL TIMES UPDATES

Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026
Playing
World News: १३ अमेरिकी सैनिकको मृ*त्यु, पोर्चुगलमा २५ सय नेपाली कानुनी झंझटमा || Nepal Times
Mar 17, 2026
Playing
७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी || Nepal Times
Mar 17, 2026
Playing
इरानले अमेरिकासंग ब्याक च्यानल कुरा गरेको झुटो || Nepal Times
Mar 17, 2026
Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026
Playing
Top 15 Afternoon News || Mar-17-2026 || Nepal Times
Mar 17, 2026
Playing
बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद || Nepal Times
Mar 17, 2026
Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026

सर्वसाधारणलाई उत्साहित गर्ने उद्देश्यसहित बेलायतकी महारानीले सार्वजनिकरुपमै खोप लगाउने तयारी

२१ मंसिर २०७७

२१ मंसिर, एजेन्सी ।
बेलायतकी महारानी एलिजाबेथ द्धितियले कोरोना भाइरसविरुद्धको खोप सार्वजनिक रुमपै लगाउने भएकी छिन् ।

अबको केही हप्ता भित्रै उनले खोप लगाउने तयारी रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । बेलायतले फाइजरको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरिसकेको छ र खोपको पहिलो खेप बेल्जियमबाट आइसकेको छ ।

Advertisement

अबको केही दिनभित्रै बेलायतमा प्राथमिकता सूचिका आधारमा खोप लगाउन सुरु हुने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महारानी एलिजाबेथले सर्वसाधारणलाई खोप लगाउनका लागि उत्साहित गर्ने उद्देश्यसहित चाँडै नै खोप लगाउने तयारी भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

महारानीसँगै ९९ वर्षका प्रिन्स फिलिपले पनि खोप लगाउने छन् । उनीहरुले खोप लगाउनका लागि कुनै विशेष पहुँच वा प्रभावको प्रयोग नगरी पहिलो चरणको खोप अभियान सुरु भएपछि लाइनमा बसेर खोप लिने बताएका छन् ।

डाक्टरको सल्लाहमा महारानी र प्रिन्स फिलिपले खोप लगाउने तयारी गरेको द डेलीमेलले जनाएको छ । महारानी र प्रिन्सले सार्वजनिक रुपमा खोप लगाउँदा सर्वसाधारणमा खोपलाई लिएर रहेको गलत सूचनाको प्रभाव हटाउन सहयोग पुग्ने जनस्वास्थ्यविदले बताएका छन् ।

यसैबिच अमेरिकाका तीन पूर्व राष्ट्रपतिले पनि सार्वजनिक रुपमा खोप लगाउने बताइसकेका छन् । अमेरिकामा फाइजर र मोदेर्नाको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति माग गरी निर्माता कम्पनीले निवेदन दिएका छन् ।

डिसेम्बरको दोस्रो हप्ता अमेरिकी नियामक निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले खोपलाई स्वीकृति प्रदान गर्ने अपेक्षा छ । पूर्व राष्ट्रपतिहरु बाराक ओबामा, जर्ज डब्लु बुस र बिल क्लिन्टनले खोप उपलब्ध भएपछि टेलिभिजनमै खोप लगाउने बताएका छन् ।

उनीहरुले सर्वसाधारणलाई खोप लगाउनका लागि उत्साहित गर्ने उद्देश्यसहित खोप सार्वजनिक रुपमा लगाउने बताएका हुन् ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top