विदेशमा हालसम्म ४८,६३९ नेपाली संक्रमित हुँदा ४४,६७१ निको भए, ३०१ को मृत्यु

२२ मंसिर, काठमाडौं । विदेशका विभिन्न ४९ देशमा कार्यरत ४८ हजार ६ सय ३९ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ ।

Advertisement

गैरआवासीय नेपाली संघ एनआरएनएकोे तथ्याँक अनुसार अहिलेसम्म सङ्क्रमित ४८ हजार ६ सय ३९ जना मध्ये ४४ हजार ६ सय ७१ जना निको भएका छन् । यो जम्मा सङ्क्रमितको ९१ प्रतिशत हो ।

यस्तै अहिलेसम्म विदेशका विभिन्न २० देशमा रहेका ३ सय १ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार गएको हप्ता मात्रै थप २ जना नेपालीको कोरोनाको कारण विदेशमा ज्यान गएको हो ।

Advertisement

जर्मनीमा १ र भारतमा थप १ जना नेपालीको नेपालीको कोरोना भाइरसका कारण गएको साता ज्यान गएको हो । कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको ज्यान गएको पहिलो घट्ना भएको स्वास्थ्य समितिले जनाएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, यूएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीहरुमा कोरोना देखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top