×

NEPAL TIMES UPDATES

Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026
Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026

सगरमाथाको उचाइसँगै बढ्यो देशको स्वाभिमान

२४ मंसिर २०७७

२४ मंसिर, काठमाडौं ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर आठ हजार ८४८.८६ मिटर कायम भएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिले सगरमाथाको उचाइ मापन गरेको सुखद् घटनाले केवल सगरमाथाको उचाइका निम्ति मात्र नभई विश्वमा नेपालको पहिचान बढेको छ । यसले नेपाल र नेपालीको सम्मान र स्वाभिमान पनि बढेको सरकारका वरिष्ठ मन्त्रीहरुले उल्लेख गरेका छन् ।

Advertisement

सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न मंगलबार यहाँ आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको उचाइ बढ्नु नेपालका निम्ति अविष्मरणीय र गौरवपूर्ण घटना भएको बताए । “नेपालको पहिचान र गौरवका रुपमा रहेको सगरमाथाको उचाइ मात्र घोषणा भएको छैन, नेपालले आफ्नै जनशक्ति र स्रोत व्यवस्थापन गरी नेपाली प्राविधिकबाट भएको यो अविस्मरणीय र गौरवपूर्ण क्षणले नेपाली प्राविधिक क्षमताको उचाइमाथि पुगेको छ, यस कार्यमा संलग्न सम्पूर्णमा हार्दिक बधाई दिन चाहन्छु”, परराष्ट्र मन्त्री ज्ञवालीले भने ।

उनले सगरमाथाको उचाइ घोषणासँगै सगरमाथाबारे आधिकारिक, वैज्ञानिक तथ्य आम सहमतिमा प्राप्त भएको उल्लेख गरे । उनले अगाडि थपे, ‘‘हामी सबैलाई थाहा छ, सगरमाथाको उत्तरी पाटो जनवादी गणतन्त्र चीनसँग सम्बद्ध छ । यसको उचाइ संयुक्त रुपमा घोषणा गरिनु आवश्यक पनि थियो विश्वसनीयताका लागि ।

खुशीको कुरा नेपालको नापी विभागले शुरु गरेर डेटा प्रोसेसिङ गरी जुन विन्दुमा ल्याएको थियो, चिनियाँ मित्रहरुले गरेको सर्भे र उहाँहरुको तथ्याङ्क प्रशोधनमा पनि सोही तथ्य सही रुपमा देखापरेका छन्, यसले अब तथ्य र एकरुपता पनि कायम गरेको छ ।” परराष्ट्रमन्त्री ज्ञवालीले भूमि व्यवस्था मन्त्रालयबाट यस वर्ष भएका दुई महत्वपूर्ण काम नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा र सगरमाथाको नयाँ उचाइ मापन कार्य सम्पन्न भएकामा मन्त्री अर्याललाई धन्यवाद ज्ञापन गरे ।

मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको जोखिमका कारण नेपालका हिमाल कालापत्थरका रुपमा परिणत हुँदै जानु ठूलो चुनौतीको विषय भएको उल्लेख गर्दै यस्ता जोखिमबाट हिमालय क्षेत्रको संरक्षणका लागि सरोकारवाला मुलुकसँग नेपालले विशेष चासोका साथ कुरा उठाइरहेको जानकारी दिए । उनले सगरमाथाको संयुक्त उचाइ घोषणा गर्ने कार्यक्रमका सन्दर्भमा चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङयीसँग नेपाल–चीन सम्बन्धका विविध आयामसम्बन्धी कुराकानी भएको जानकारी दिँदै जलवायु परिवर्तनको जोखिमबाट हिमालय क्षेत्र र सगरमाथाको रक्षाका निम्ति चीनलगायत सरोकारवाला अन्य मुलुकसँग बारम्बार कुरा उठाइने गरेको बताए ।

नेपालले करिब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो । गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङ्को नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए । सोहीअनुरुप नेपाल र चीन सरकारले आज संयुक्तरुपमा सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८४८.८६ मिटर हुने भएको छ ।

भूमि व्यवस्थामन्त्री अर्यालले १७० वर्षे सगरमाथा मापनको इतिहासमा नेपाल आफैंले स्रोत व्यवस्थापन र जनशक्ति परिचालन गरेर उचाइ मापन सम्पन्न गरेसँगै उचाइबारे भएका दुविधा र आशङ्काको निवारण भएको बताए । उनले भने, “सगरमाथाबारे उठेका जिज्ञासालाई सम्बोधन गर्दै विश्वसामु एउटै उचाइ कायम गर्न मन्त्रालयको नापी विभागमार्फत यो काम सम्पन्न गरी घोषणा गरिएको छ, सगरमाथाको उचाइ बढेको छ, आजको दिनदेखि सगरमाथाको उचाइ मात्रै हैन, नेपाल र नेपालीको सम्मान र स्वाभिमान पनि बढेको छ ।”

हामीले सगरमाथाको विश्व कीर्तिमान कायम गरिरहँदा हिजोसम्म नेपाललाई गरिबी र बेरोजगारीको देश भनेर चर्चा गर्नेहरुले अब हाम्रो प्रविधि र क्षमताको चर्चा गर्नेछन् भन्दै उनले नेपालीका निम्ति सुखद् यो क्षण भएको उल्लेख गरे । नापी विभागका महानिर्देशक प्रकाश जोशीले आफ्नै स्रोतसाधन र जनशक्तिबाट सगरमाथाको उचाइ मापन गरिनुले नेपालको गौरव विश्वमा सगरमाथा झैँ अग्लिएको बताए ।

सगरमाथाको नयाँ उचाइ नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्री याङयीले भर्चुअल माध्यममार्फत संयुक्तरुपमा सार्वजनिक गरेकी थिइन् । सो अवसरमा दुवै देशका राष्ट्रपतिको शुभकामना सन्देश पढेर सुनाइएको थियो । नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश पढेर सुनाएका थिए ।

भूमि व्यवस्था मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षका अवधिमा सगरमाथाको मापन सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुन सक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो । सो अवसरमा सगरमाथाको उचाइ मापनमा संलग्नहरुलाई सम्मान गरिएको थियो ।

यसरी नापियो उचाइ

सगरमाथाको उचाइ मापनका लागि नापी विभागका प्रमुख अधिकृत (हालका उपसचिव) खिमलाल गौतमको नेतृत्वमा अधिकृत रवीन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालको टोली गएको थियो । टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेको थियो ।

सगरमाथाको उचाइ मापन परम्पारगत विधि (समतल नापी) तथा आधुनिक विधि (जिएनएसएस) र स्थलगत भूआकर्षण सर्वेक्षण जस्ता विधि अवलम्बन गरिएको विभागले जनाएको छ । मापन शुरु गर्नुपूर्व विभागले दुई वर्षअघि भारत, चीन, अमेरिका, इटलीलगायत देशका वैज्ञानिकलाई अन्तरराष्ट्रिय गोष्ठीमा डाकेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको थियो र विज्ञकै सुझावका आधारमा कार्यविधि तयार गरिएको थियो ।

यसअघि सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो । त्यसपछि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेको भएपनि त्यसले आधिकारिक मान्यता भने पाएको थिएन । सन् १९५४ मा भारत र सन् १९७५ चीनले सगरमाथाको उचाइ मापन गरेको थियो । त्यसैगरी सन् १९८७, सन् १९९२ र सन् २००४ मा इटालीले तथा सन् १९८९ मा अमेरिकाले मापन गरेको थियो । त्यस्तै सन् २००५ मा पुनः चीन र सन् २०१० मा इटालीले सगरमाथाको उचाइ मापन गरेका थिए ।

सगरमाथाको उचाइ नाप्न तीनवटा विधि ‘डाइरेक्ट मिजरमेन्ट’ अन्तर्गत प्रत्यक्षरुपमा अगाडि÷पछाडि गरेर चुचुरोसम्मको उचाइ नापिएको छ । त्यस्तै, ‘ट्रेंगुलेसन’ विधिबाट पनि उचाइ नापिएको छ । यसअनुसार निश्चित बिन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र सोही आधारमा क्रमशः अन्य बिन्दुको कोण बनाउँदै उचाइ मापन गरिएको हो । तेस्रो विधि हो, गुरुत्वलाई आधार बनाउने । जिपिएस प्रणालीबाट पनि उचाइ मापन हुन्छ । सन् २००५ मा चीनले यही विधिबाट सगरमाथाको उचाइ नापेको थियो ।–सिबी अधिकारी/रासस

भर्खरको समाचार

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

सम्बन्धित खबरहरु

Scroll to Top