२४ मंसिर, काठमाडाैँ ।
संघीय संसदले कोभिड–१९ संक्रमणकाबीच संसद चलाउने बारे विज्ञहरुसँग छलफल गरेको छ । बुधबार संसद सचिवालयले काठमाडौंमा विज्ञहरुसँग छलफल गरेर संसद चलाउने उपायको खोजी गरेको हो ।
सचिवालयले सरुवारोग विशेषज्ञ ढा. शेरबहादुर पुन र जनप्रशासन विज्ञ एवं पूर्व सांसद जनकराज जोशीसँग छलफल गरेको हो । छलफलमा सरुवा रोग विशेषज्ञ डा. पुनले सतर्क भएर स्वास्थ्य मापदण्ड पूरा गरेर संसदको बैठक चलाउन सकिने बताए । भौतिक दुरी र स्वास्थ्य मापदण्ड इमान्दारीसाथपालनागर्न पनिआग्रह गरे ।

छलफलमा जनप्रशासन विज्ञ एवं पूर्व सांसद जोशीले सदनको बैठक थोरै सांसदको उपस्थितिमा चलाउन सक्ने गरी व्यवस्था गर्न आवश्यक रहेको बताए । सदनको बैठकमा भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, हातधुने व्यवस्थालाई कडाईका साथ पालनागर्न सके बैठक चलाउँदा कुनै समस्या नहुने बताए । दुरीको पालना हुन नसक्ने तथा लामो छलफल हुने अवस्थामा हाइव्रिड तरिकाले संसद चलाउन सकिने सुझाव पनि जोशीले दिए । अहिलेको नियमावलिमा हाइव्रिड संसद बारे केही व्यवस्था नभएकोले सभामुखले एक संकल्प प्रस्ताव ल्याएर तत्काल निकाश दिन सक्ने पनि बताए ।

छलफलमा विज्ञहरुले संसद चलाउने विषयमा राजनैनिक दलहरुबीच मतैक्यता हुन आवश्यक रहेको पनि बताएका छन् ।

