NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने सोमवार कार्तिक १७ , २०८२
ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’ सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने सोमवार कार्तिक १७ , २०८२
खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ? सोमवार कार्तिक १७ , २०८२
Next
Prev

समाचार

इजरायलमा ३ प्रतिशत किसानले ९७ प्रतिशतलाई खुवाईरहेका छन्ः इजरायली राजदूत

शनिबार मंसिर २७ , २०७७
Reading Time: 1 min read
A A
इजरायलमा ३ प्रतिशत किसानले ९७ प्रतिशतलाई खुवाईरहेका छन्ः इजरायली राजदूत
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ मंसिर, काठमाडौं ।

नेपाल र इजरायलबीच दौत्य सम्बन्ध कायम भएको ६० वर्ष पूरा हुँदैछ । यो सम्बन्धलाई विश्वको अग्लो स्थान सगरमाथा र विश्वको होचो स्थान मृत सागर बीचको सम्बन्ध पनि मानिन्छ । यो सँगै नेपालकालागि इजरायलका राजदूत हनान गोडेर दोहोरिएर नेपाल आएपछि चर्चाको विषय बनेको छ । नेपालमा राजदूत दोहोरिएर आएको यो पहिलो घटना हो । यसै सन्दर्भमा न्यूज एजेन्सी नेपालले राजदूत गोडेरसँग नेपाल इजरायल सम्बन्ध र दोहोरिएर आउनुको कारण बारे कुराकानी गरेको छ । साथै नेपाली कृषि र प्रविधिको चर्चा पनि गरेका छौं ।
महामहिम तपाईलाई स्वागत छ ।
धेरैधेरै धन्यवाद ।
यो तपाईको दोस्रो कार्यकाल हो, कसरी सम्भव भयो ?
हो यो म दोस्रो पटक राजदूत बनेर आएको छु । केहीवर्ष अगाडि सम्म यहिं थिए । फेरी आउन पाउँदा खुशी छु । नेपाल धेरै राम्रो छ र एकदमै चाखलाग्दो देश पनि छ ।

नेपालमा इजरायली सरकारको परियोजनाहरु पनि सञ्चालनमा छन । हामी दुवै देशले परस्पर हितका धेरै काम गरेका छौं । यसलाई निरन्तरता दिन पनि म आएको हुँ ।
नेपाल र इजरायलबीचको सम्बन्ध हिजो र आज कस्तो छ ?
यो वर्ष हामी इजरायल नेपाल सम्बन्धको ६० औं वर्षगाँठ मनाइरहेका छौं । यो कुरा हामी विर्सन सक्दैनौं । इजरायलको अस्तित्वको लागि नेपालले दिएको मत महत्वपूर्ण छ, मलाई लाग्छ एशियामा पहिलो पनि हो ।

LS Auto

यो दूतावास भएको भवनमा नै पहिलो पटक कार्यालय खुलेको हो । अहिले सम्म हामी यहिं छौं । हामी लामो समयदेखि द्विपक्षीय हितका धेरै आयोजनाहरु सञ्चालन गर्दै आइरहेका छौं । यो तथ्यले असल सम्बन्धलाई प्रष्ट पार्छ ।
हाम्रो सम्बन्धमा नेपाली जनता र इजरायली जनता कसरी जोडिएका छन ?
हाम्रो सम्बन्ध असल छ । यसको कारण हाम्रो समान बुझाई छ । हामी दुवै साना देश हौं । दुवै देशको छिमेकमा ठूला देश छन् । ठूला देशको छिमेकमा रहेका साना देशका केही समान प्रकृतिका चुनौती, छिमेक–छिमेक बीचको सवालमा हाम्रो एक समान भोगाई र सहानुभुति रहन्छ ।

मलाई लाग्छ नेपाल इजरायलबीचको सम्बन्ध प्रगाढ हुन यो विषयले महत्वपूर्ण भूमिका खेलेको छ । हाम्रो देश सानो छ । मध्यपूर्वमा देशहरुबीच मित्रवत सम्बन्ध छैन ।

यसलाई हामीले व्यवस्थापन गर्दै आएका छौं । हाम्रो देश स्थापनाको ७० वर्षको इतिहासमा धेरै प्रगति भइसकेको छ । इजरायलमा धेरै देशका मान्छेहरु आउन चाहन्छन, कामगर्न चाहन्छन् । इजरायलको प्रगति हेर्न चाहन्छन् ।

नेपालीले पनि इजरायललाई मन पराउँछन यस्तै इजरायली जनता पनि नेपाल र नेपाली मन पराउँछन् । धेरै इजरायली एकपटक नेपाल आउन, घुम्न चाहन्छन् । यस्तै इजरायलमा गएर कुनै नेपालीले नेपालबाट आएको भनेर सुनायो भने मात्र पनि हार्दिकता र स्वागत पाउँछ ।
अव अलिकति कृषिका कुरा गरौं । यो तपाईको मन पर्ने विषय पनि हो । इजरायलको तुलनामा नेपालको कृषि कस्तो छ ?
म पहिला इजरायलको कृषिको कुरा गर्छु । ७० वर्ष अगाडि हामी अभाव, भोकमा थियौं । जनताले खाद्यान्न लिनको लागि सरकारले दिने कुपनको भर पर्नुपथ्र्यो । यसमा पनि सिमित खानामात्र थियो । अहिलेको अवस्थासम्म आउँदा हामीले ठूलो फड्को मारेका छौं । यो चमत्कार जस्तो लाग्छ । तर यो चमत्कार नभएर कडा मेहनतको नतिजा हो ।

अहिले विश्वमा इजरायल कृषि उपजको प्रमुख उत्पादकमध्ये एक हो । यो कसरी सम्भव भयो भन्दा कथा जस्तो लाग्छ सुन्दा । तपाईलाई थाहा छ इजरायलमा जम्मा ३ प्रतिशत किसानले ९७ प्रतिशत जनतालाई खुवाईरहेका छन् । तपाईले सोच्नुभयो होला यो कसरी हुन्छ ?हो यो कुरा नै हामी नेपाली जनतालाई भन्न चाहन्छौं, सिकाउन चाहन्छौं ।

हामीले यो काम गरिरहेका छौं । हामीले इजरायलबाट प्राविधिक विज्ञहरु बोलाएर सिकाउने, नेपाली किसानलाई इजरायल लगेर सिकाउने काम गरिरहेका छौं । हामीले अनुभव र सिकाई आदानप्रदान गरिरहेका छौं । नेपालीहरुले विस्तारै सिक्न पनि थालेका छन् ।
कृषिको प्रविधि र विकासमा इजरायल पावर हाउस नै हो । नेपाल सरकार र नेपाली जनताले बढीभन्दा बढी फाइदा कसरी लिन सक्छन ?
कृषिप्रविधिमा धेरै विकास भइसकेको छ । हामीले सिकाउने यहि नै मुख्य कुरा हो । म एउटा कुरा भन्छु सुन्नुस हैत । इजरायलमा पर्याप्त वर्षा हुँदैन । साथै पानीको श्रोत पनि पर्याप्त छैन । अनि हामीले थोपा सिंचाईको विकास ग¥यौं । यो प्रविधिको प्रयोग पानीको कमी पुरा गर्नु मात्र हैन विरुवामा पोषण र मल पु¥याउन पनि प्रयोग ग¥र्यौं ।

नेपालमा हामी हेर्छौ, नेपालमा मलको प्रयोग बारी खेतमा छरेर प्रयोग गर्छौं । अहिले सम्म यसरी नै प्रयोग गरिन्छ जुन गलत पनि हो । इजरायलमा विरुवाको जरामा पुग्ने गरी मल र पानी दिइन्छ ।

हामी यसलाई फर्टिजेसन भन्छौं । यो नै प्रविधि हो । साथै यो लगानी पनि हो । थोपा सिंचाइको लागि पाइप लगायतको समानमा खर्च हुन्छ तर यसले पानी र मलमा हुने अनावश्यक खर्च पनि बचाउँछ । यसबाट उत्पादन बढ्छ । नेपालीले सिक्ने यही हो ।

यदि १० रुपैयाँ लगानी गर्नुहुन्छ भने ५० रुपैयाँ कमाउनु पर्छ । अर्काे तर्फ कृषिलाई हेर्ने तरिका पनि बदल्नु पर्छ । कृषि सोख होइन यो त व्यवसाय र जीवनको अर्को बाटो पनि हो । यो कुरालाई नेपाली दाजुभाईले बुझ्न जरुरी छ । अव पुर्खाले गर्दै आएको परम्परागत कृषिबाट केही हुँदैन । यसलाई परिवर्तन गर्न जरुरी छ ।

आधुनिक तरिकाले कृषि गर्न जरुरी छ । केही वर्ष अगाडि सम्म नेपालमा टनेल खेति थिएन । अहिले हेरौं त जताततै छ । यस्तै सिँचाई प्रणाली पनि फेरिदै गएको छ । यो पानीको अभावले होइन, कृषि उत्पादन बढाउन किसानले पानी, मल दिने तरिका बदलेका हुन । हो हामीले सिकाउन चाहेको र हेर्न चाहेको परिवर्तन पनि यहि हो ।

अव पनि आधुनिक कृषि प्रणाली अपनाइएन भने धेरै कुरा गुम्न सक्छ । नेपालको सम्भावनालाई हेर्ने हो भने खाद्यमा आत्मनिर्भर भएर विदेश निर्यात पनि गर्न सकिन्छ । नेपालको माटो मलिलो र उब्जाउशिल छ । किसान पनि मेहनती छन् । हामीले यसलाई नै प्रोत्साहित गर्नुछ ।
महामहिम तपाई दोहोरिएर आएपछि केही विशेष योजना पनि छन कि, अब तपाईको मुख्य दृष्टिगोचर के मा हुन्छ ?
हाम्रो ६० वर्षे सम्बन्ध त्यसै महत्वपूर्ण छैन यसका धेरै पक्ष र आयाम छन् । हाम्रो सम्बन्धको दायरालाई अझ फराकिलो बनाउनु छ । यो कृषि, पर्यटन, श्रम जस्ता धेरै पक्षमा हाम्रो सहकार्य छ र भविष्यमा पनि हुनुपर्छ ।

जसले अन्तर्राष्ट्रिय मंचमा हाम्रो द्धिपक्षीय सम्बन्ध उदाहरणीय बनोस् । हामी यसैलाई सफल बनाउन लागि रहेका छौं । नेपाल र इजरायलबीच कस्तो अनौठो सम्बन्ध छ थाहा छ तपाईलाई, तपाईहरु सँग संसारको अग्लो शिखर सगरमाथा छ, हामीसँग संसारको होचो मृतसागर छ ।

यही कुराले पनि हामीहरुलाई निकट र सुमधुर सम्बन्ध बनाउन प्रेरित गर्छ ।
हामीले विभिन्न साञ्चार माध्यममा श्रम सम्झौताको विषयमा सुनेका छौं । नेपालबाट घरेलु हेरचाहको लागि श्रमिक लैजाने बारे के भइरहेको छ बताउन सक्नुहुन्छ ?
नेपालबाट लिने भनेको घरेलु हेरचाहको श्रमिक हो । खासगरी वृद्धवृद्धाको हेरचाहको लागि लिन खोजिएको हो । यसको समझौता भइसकेको छ । अव यो कार्यान्वयनको चरणमा जाँदैछ ।

आगामी महिनाबाट औपचारिक प्रकृया नै सुरु हुन्छ । यो हाम्रो सम्बन्धको राम्रो उदाहरण पनि हुनेछ । दुवै पक्षले यसबाट लाभ लिन सक्नेछन् ।
अन्त्यमा नेपाली दाजुभाईलाई केही भन्न चाहनुहुन्छ ?
पहिला देशलाई बचाउँ, वातावरण पनि जोगाऔं । विकास लाई निरन्तरता दिऔं । नेपालले विकासको लामो बाटो हिडनु छ । विकाशबाट नै प्रगति सम्भव छ । अहिले धेरै राम्रा परिवर्तन र वातावरण बनेको छ ।

नयाँ संविधान बनेको छ । यसले विस्तारै काम गर्न थालेको छ । मेरो सबै नेपाली दाजुभाईलाई आग्रह छ विकासतर्फ लाग्नुहोस । विकास र प्रगतिको लागि धेरै कुराको निरन्तरता आवश्यक हुन्छ । मेरो सबैलाई शुभकामना छ ।

लोकप्रीय

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२

विचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२

थप समाचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने
ताजा समाचार

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा
खेलकुद

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने
ताजा समाचार

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

सोमवार कार्तिक १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२

हालका पोस्टहरू

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.