×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026
Playing
अमेरिकी सैन्य कारबाही ‘असम्भव’ भएको इरानको दाबी, ट्रम्प आशावादी|| Nepal Times
May 04, 2026
Playing
विजय थलपति तमिलनाडुका मुख्यमन्त्री बन्दैः जोसंग छ ६०३ करोड भारू|| Nepal Times
May 04, 2026
Playing
भारतको पृथ्वी हेर्ने ‘दृष्टि’ उपग्रह कस्तो छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेनले गर्नुपर्ने काम गर्दैछन् रवि|| Nepal Times
May 04, 2026
Playing
समुद्रको जहाजमा कसरी फैलियो हान्टा भाइरस ?कसरी बच्ने ?|| Nepal Times
May 04, 2026
Playing
लिपुलेक गुम्नुको जरा राजा महेन्द्रसँग कसरी जोडिएको छ ? || Nepal Times
May 04, 2026
Playing
World News:इ*रानको प्रस्तावमा छलफल तीव्र, होर्मुजमा प्रोजेक्ट फ्रिडम अपरेशन|| Nepal Times
May 04, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेश सरकारले हुबहु पठायो || Nepal Times
May 04, 2026
Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026

इजरायलमा ३ प्रतिशत किसानले ९७ प्रतिशतलाई खुवाईरहेका छन्ः इजरायली राजदूत

२७ मंसिर २०७७

२७ मंसिर, काठमाडौं ।

नेपाल र इजरायलबीच दौत्य सम्बन्ध कायम भएको ६० वर्ष पूरा हुँदैछ । यो सम्बन्धलाई विश्वको अग्लो स्थान सगरमाथा र विश्वको होचो स्थान मृत सागर बीचको सम्बन्ध पनि मानिन्छ । यो सँगै नेपालकालागि इजरायलका राजदूत हनान गोडेर दोहोरिएर नेपाल आएपछि चर्चाको विषय बनेको छ । नेपालमा राजदूत दोहोरिएर आएको यो पहिलो घटना हो । यसै सन्दर्भमा न्यूज एजेन्सी नेपालले राजदूत गोडेरसँग नेपाल इजरायल सम्बन्ध र दोहोरिएर आउनुको कारण बारे कुराकानी गरेको छ । साथै नेपाली कृषि र प्रविधिको चर्चा पनि गरेका छौं ।
महामहिम तपाईलाई स्वागत छ ।
धेरैधेरै धन्यवाद ।
यो तपाईको दोस्रो कार्यकाल हो, कसरी सम्भव भयो ?
हो यो म दोस्रो पटक राजदूत बनेर आएको छु । केहीवर्ष अगाडि सम्म यहिं थिए । फेरी आउन पाउँदा खुशी छु । नेपाल धेरै राम्रो छ र एकदमै चाखलाग्दो देश पनि छ ।

Advertisement
Advertisement

नेपालमा इजरायली सरकारको परियोजनाहरु पनि सञ्चालनमा छन । हामी दुवै देशले परस्पर हितका धेरै काम गरेका छौं । यसलाई निरन्तरता दिन पनि म आएको हुँ ।
नेपाल र इजरायलबीचको सम्बन्ध हिजो र आज कस्तो छ ?
यो वर्ष हामी इजरायल नेपाल सम्बन्धको ६० औं वर्षगाँठ मनाइरहेका छौं । यो कुरा हामी विर्सन सक्दैनौं । इजरायलको अस्तित्वको लागि नेपालले दिएको मत महत्वपूर्ण छ, मलाई लाग्छ एशियामा पहिलो पनि हो ।

यो दूतावास भएको भवनमा नै पहिलो पटक कार्यालय खुलेको हो । अहिले सम्म हामी यहिं छौं । हामी लामो समयदेखि द्विपक्षीय हितका धेरै आयोजनाहरु सञ्चालन गर्दै आइरहेका छौं । यो तथ्यले असल सम्बन्धलाई प्रष्ट पार्छ ।
हाम्रो सम्बन्धमा नेपाली जनता र इजरायली जनता कसरी जोडिएका छन ?
हाम्रो सम्बन्ध असल छ । यसको कारण हाम्रो समान बुझाई छ । हामी दुवै साना देश हौं । दुवै देशको छिमेकमा ठूला देश छन् । ठूला देशको छिमेकमा रहेका साना देशका केही समान प्रकृतिका चुनौती, छिमेक–छिमेक बीचको सवालमा हाम्रो एक समान भोगाई र सहानुभुति रहन्छ ।

मलाई लाग्छ नेपाल इजरायलबीचको सम्बन्ध प्रगाढ हुन यो विषयले महत्वपूर्ण भूमिका खेलेको छ । हाम्रो देश सानो छ । मध्यपूर्वमा देशहरुबीच मित्रवत सम्बन्ध छैन ।

यसलाई हामीले व्यवस्थापन गर्दै आएका छौं । हाम्रो देश स्थापनाको ७० वर्षको इतिहासमा धेरै प्रगति भइसकेको छ । इजरायलमा धेरै देशका मान्छेहरु आउन चाहन्छन, कामगर्न चाहन्छन् । इजरायलको प्रगति हेर्न चाहन्छन् ।

नेपालीले पनि इजरायललाई मन पराउँछन यस्तै इजरायली जनता पनि नेपाल र नेपाली मन पराउँछन् । धेरै इजरायली एकपटक नेपाल आउन, घुम्न चाहन्छन् । यस्तै इजरायलमा गएर कुनै नेपालीले नेपालबाट आएको भनेर सुनायो भने मात्र पनि हार्दिकता र स्वागत पाउँछ ।
अव अलिकति कृषिका कुरा गरौं । यो तपाईको मन पर्ने विषय पनि हो । इजरायलको तुलनामा नेपालको कृषि कस्तो छ ?
म पहिला इजरायलको कृषिको कुरा गर्छु । ७० वर्ष अगाडि हामी अभाव, भोकमा थियौं । जनताले खाद्यान्न लिनको लागि सरकारले दिने कुपनको भर पर्नुपथ्र्यो । यसमा पनि सिमित खानामात्र थियो । अहिलेको अवस्थासम्म आउँदा हामीले ठूलो फड्को मारेका छौं । यो चमत्कार जस्तो लाग्छ । तर यो चमत्कार नभएर कडा मेहनतको नतिजा हो ।

अहिले विश्वमा इजरायल कृषि उपजको प्रमुख उत्पादकमध्ये एक हो । यो कसरी सम्भव भयो भन्दा कथा जस्तो लाग्छ सुन्दा । तपाईलाई थाहा छ इजरायलमा जम्मा ३ प्रतिशत किसानले ९७ प्रतिशत जनतालाई खुवाईरहेका छन् । तपाईले सोच्नुभयो होला यो कसरी हुन्छ ?हो यो कुरा नै हामी नेपाली जनतालाई भन्न चाहन्छौं, सिकाउन चाहन्छौं ।

हामीले यो काम गरिरहेका छौं । हामीले इजरायलबाट प्राविधिक विज्ञहरु बोलाएर सिकाउने, नेपाली किसानलाई इजरायल लगेर सिकाउने काम गरिरहेका छौं । हामीले अनुभव र सिकाई आदानप्रदान गरिरहेका छौं । नेपालीहरुले विस्तारै सिक्न पनि थालेका छन् ।
कृषिको प्रविधि र विकासमा इजरायल पावर हाउस नै हो । नेपाल सरकार र नेपाली जनताले बढीभन्दा बढी फाइदा कसरी लिन सक्छन ?
कृषिप्रविधिमा धेरै विकास भइसकेको छ । हामीले सिकाउने यहि नै मुख्य कुरा हो । म एउटा कुरा भन्छु सुन्नुस हैत । इजरायलमा पर्याप्त वर्षा हुँदैन । साथै पानीको श्रोत पनि पर्याप्त छैन । अनि हामीले थोपा सिंचाईको विकास ग¥यौं । यो प्रविधिको प्रयोग पानीको कमी पुरा गर्नु मात्र हैन विरुवामा पोषण र मल पु¥याउन पनि प्रयोग ग¥र्यौं ।

नेपालमा हामी हेर्छौ, नेपालमा मलको प्रयोग बारी खेतमा छरेर प्रयोग गर्छौं । अहिले सम्म यसरी नै प्रयोग गरिन्छ जुन गलत पनि हो । इजरायलमा विरुवाको जरामा पुग्ने गरी मल र पानी दिइन्छ ।

हामी यसलाई फर्टिजेसन भन्छौं । यो नै प्रविधि हो । साथै यो लगानी पनि हो । थोपा सिंचाइको लागि पाइप लगायतको समानमा खर्च हुन्छ तर यसले पानी र मलमा हुने अनावश्यक खर्च पनि बचाउँछ । यसबाट उत्पादन बढ्छ । नेपालीले सिक्ने यही हो ।

यदि १० रुपैयाँ लगानी गर्नुहुन्छ भने ५० रुपैयाँ कमाउनु पर्छ । अर्काे तर्फ कृषिलाई हेर्ने तरिका पनि बदल्नु पर्छ । कृषि सोख होइन यो त व्यवसाय र जीवनको अर्को बाटो पनि हो । यो कुरालाई नेपाली दाजुभाईले बुझ्न जरुरी छ । अव पुर्खाले गर्दै आएको परम्परागत कृषिबाट केही हुँदैन । यसलाई परिवर्तन गर्न जरुरी छ ।

आधुनिक तरिकाले कृषि गर्न जरुरी छ । केही वर्ष अगाडि सम्म नेपालमा टनेल खेति थिएन । अहिले हेरौं त जताततै छ । यस्तै सिँचाई प्रणाली पनि फेरिदै गएको छ । यो पानीको अभावले होइन, कृषि उत्पादन बढाउन किसानले पानी, मल दिने तरिका बदलेका हुन । हो हामीले सिकाउन चाहेको र हेर्न चाहेको परिवर्तन पनि यहि हो ।

अव पनि आधुनिक कृषि प्रणाली अपनाइएन भने धेरै कुरा गुम्न सक्छ । नेपालको सम्भावनालाई हेर्ने हो भने खाद्यमा आत्मनिर्भर भएर विदेश निर्यात पनि गर्न सकिन्छ । नेपालको माटो मलिलो र उब्जाउशिल छ । किसान पनि मेहनती छन् । हामीले यसलाई नै प्रोत्साहित गर्नुछ ।
महामहिम तपाई दोहोरिएर आएपछि केही विशेष योजना पनि छन कि, अब तपाईको मुख्य दृष्टिगोचर के मा हुन्छ ?
हाम्रो ६० वर्षे सम्बन्ध त्यसै महत्वपूर्ण छैन यसका धेरै पक्ष र आयाम छन् । हाम्रो सम्बन्धको दायरालाई अझ फराकिलो बनाउनु छ । यो कृषि, पर्यटन, श्रम जस्ता धेरै पक्षमा हाम्रो सहकार्य छ र भविष्यमा पनि हुनुपर्छ ।

जसले अन्तर्राष्ट्रिय मंचमा हाम्रो द्धिपक्षीय सम्बन्ध उदाहरणीय बनोस् । हामी यसैलाई सफल बनाउन लागि रहेका छौं । नेपाल र इजरायलबीच कस्तो अनौठो सम्बन्ध छ थाहा छ तपाईलाई, तपाईहरु सँग संसारको अग्लो शिखर सगरमाथा छ, हामीसँग संसारको होचो मृतसागर छ ।

यही कुराले पनि हामीहरुलाई निकट र सुमधुर सम्बन्ध बनाउन प्रेरित गर्छ ।
हामीले विभिन्न साञ्चार माध्यममा श्रम सम्झौताको विषयमा सुनेका छौं । नेपालबाट घरेलु हेरचाहको लागि श्रमिक लैजाने बारे के भइरहेको छ बताउन सक्नुहुन्छ ?
नेपालबाट लिने भनेको घरेलु हेरचाहको श्रमिक हो । खासगरी वृद्धवृद्धाको हेरचाहको लागि लिन खोजिएको हो । यसको समझौता भइसकेको छ । अव यो कार्यान्वयनको चरणमा जाँदैछ ।

आगामी महिनाबाट औपचारिक प्रकृया नै सुरु हुन्छ । यो हाम्रो सम्बन्धको राम्रो उदाहरण पनि हुनेछ । दुवै पक्षले यसबाट लाभ लिन सक्नेछन् ।
अन्त्यमा नेपाली दाजुभाईलाई केही भन्न चाहनुहुन्छ ?
पहिला देशलाई बचाउँ, वातावरण पनि जोगाऔं । विकास लाई निरन्तरता दिऔं । नेपालले विकासको लामो बाटो हिडनु छ । विकाशबाट नै प्रगति सम्भव छ । अहिले धेरै राम्रा परिवर्तन र वातावरण बनेको छ ।

Advertisement

नयाँ संविधान बनेको छ । यसले विस्तारै काम गर्न थालेको छ । मेरो सबै नेपाली दाजुभाईलाई आग्रह छ विकासतर्फ लाग्नुहोस । विकास र प्रगतिको लागि धेरै कुराको निरन्तरता आवश्यक हुन्छ । मेरो सबैलाई शुभकामना छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top