रिमालको ‘बारपाक’ कम्पकाव्य सार्वजनिक

१० जेठ ७५, शुक्रबार

काठमाडौँ, ११ जेठ ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमालले लेखेकेा कम्पकाव्य ‘बारपाक’ आज सार्वजनिक गरेका छन् ।

कृतिमा राहतमा भएको अनियमितता, राजधानीका सम्पदामा पुगेको क्षति, भूकम्पले ल्याएको नयाँ अवसर जस्ता विषयमा लेखिएका २१ कविता समाविष्ट छन् । ‘धरहरा’, ‘रानीपोखरी’, ‘काष्ठमण्डप’, ‘काठमाडौँलाई भूकम्प सुहाउँदैन’ ‘पाटन’, ‘योगनरेन्द्र मल्लको चरो’ ‘टेको भादगाउँ’, ‘वेह्युल’ (ला¬ङटाङ), ‘घर’, ‘भूकम्प युग’, , ‘राहत’, ‘बारपाक’, ‘वैशाख १२’ आदि शीर्षकका छोटा छोटा कवितामा कविले आफ्ना भाव पोखेका छन् ।

प्रेस चौतारी नेपाल रासस पत्रकारिता सम्मान तथा पुरस्कार वितरण एवम् काव्य विमोचन समारोहमा उनले रिमालको कृति भविष्यका पुस्ताका लागि अध्ययनको दस्तावेज बन्ने बताए ।

Advertisement

कार्यक्रममा कृतिमाथि टिप्पणी गदै दीपेन्द्र अधिकारीले लेखक रिमालले भूकम्पमा लेखेका भोगेका कुरा कवितामा उल्लेख गरेको बताए ।

उनले प्रकृतिले विनाश गरेको कुरालाई लेखकले सास्कृतिक विम्ब प्रयोग गरी मिठासपूर्ण रुपमा कविता, र हाइकुमार्फत व्यक्त गरेको बताउँदै साहित्यकार जति पीडामा हुन्छ त्यति नै बढी सशक्त भएर लेख्ने गर्छन् भने ।

Advertisement

कार्यक्रममा साहित्यकार रामकुमार पाँडेले लेखकले भूकम्पमा आफूले देखेभोगेका कुरालाई कवितामार्फत प्रस्तुत गरेकाले कृतिलाई दृश्य साहित्यको संज्ञा दिए ।

कार्यक्रममा राससका अध्यक्ष कुलचन्द्र वाग्लेले बारपाक कृति सानो भए पनि यसले दिने सन्देश ठूलो भएको बताए । राससका महाप्रबन्धक ओपेन्द्र शर्माले रिमालको कृतिले समाज परिवर्तन गर्न सहयोग पु¥याउने बताए। नायब महाप्रबन्धक सुरेन्द्र नेपालीले रिमालको कृतिबाटसरल भाषामा भूकम्पलाई बुझ्न सहयोग मिल्ने बताए।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत र प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले नेपाली समाज भूकम्पपछि कता जाँदैछ भन्ने सन्देश कृतिले दिएको उल्लेख गरे ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top