जो बाइडेनद्वारा अमेरिकी राष्ट्रपतिमा जितको औपचारिकता पनि पूरा

३० मंसिर, एजेन्सी । इलेक्टोरल कलेजको समर्थन पाएलगत्तै जो बाइडनले अमेरिकी राष्ट्रपतिमा जितका लागि आवश्यकपर्ने औपचारिकता पनि पूरा गरेका छन् ।

सोमबार देशभरका इलेक्टोरल कलेजका सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका हुन् । योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्न अब बाइडेनलाई सबै ढोका खुलेको छ ।

जितले औपचारिकताको आधिकारिकता पाएसँगै नयाँ वर्षको २० जनवरीबाट विश्वकै शक्तिशाली पद सम्हाल्न जो बाइडन र उहाँकी उपराष्ट्रपति कमला ह्यारिसलाई बाटो खुलेको हो ।

Advertisement

गत नोभेम्बर ३ मा सम्पन्न अत्यन्तै विवादास्पद निर्वाचनमा डेमोक्रेट उम्मेदवार पूर्वउपराष्ट्रपति बाइडेनले ३०६ र उहाँका रिपब्लिकन प्रतिष्पर्धी एवं वहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाएका छन् ।

अमेरिकी निर्वाचन प्रणालीमा प्रत्येक राज्यका मतदाताहरुले इलेक्टोरल कलेजका लागि मत दिन्छन् र ती इलेक्टोलर कलेजका सदस्यहरुले राष्ट्रपति र उपराष्ट्रपति चुन्न मत दिने गर्दछन् ।

Advertisement

कुनै प्रमाण बिनै लगातार चुनावमा धाँधली भएको आरोप लगाइरहनुभएका ट्रम्पले सम्पूर्ण ढोका बन्द हुँदा पनि हार स्वीकारेका छैनन् । हुँदा हुँदा उनले इलेक्टोरल कलेजले दिने मतबाट आफू विजयी हुने दाबीसमेत गर्दै आएका थिए ।

अदालतलाई प्रयोग गरेर केही संग्रामीमैदान मानिएका राज्यहरुको चुनावी परिणाम उल्ट्याउने ट्रम्पको प्रयास पनि सर्वोच्च अदालतले मुद्दा नै खारेज गरिदिएकाले सकिएको छ ।

आउँदो २० जनवरी २०२१ को दिन आयोजना गरिने भव्य समारोहसँगै बाइडनको हातमा ह्वाइट हाउसको शक्तिको साँचो पुग्नेछ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top