नेपाली अलैँचीका ५ वटा जातको पहिचान

३० मंसिर, इलाम । नेपाली अलैँचीको जात पहिचान गरिएको छ ।

नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिएपनि जात पहिचान भएको थिएन ।

अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ । नेपालमा खेती हुने अलैँची पनि भारतले आफ्नो स्वामित्वमा लिएको छ ।

Advertisement

नेपालले पनि अन्तर्राष्ट्रिय बजारमा अलैँचीको जात चिनाउन नयाँ जात पहिचान गरेको हो । नेपालमा करीब १४ जातका अलैँची खेती भए पनि अहिले पाँच जातका अलैँची मात्र सिफारिस गरिएको छ ।

अलैँची विकास केन्द्र, फिक्कलका अनुसार जात अनुमोदन उन्मोचन तथा दर्ता उपसमितिको बैठकले अलैँचीको नाम दर्ताका लागि सिफारिस गरेको हो ।

Advertisement

केन्द्रका अनुसार अहिले पाँच जातको दर्ता गर्ने र अन्य जात चरणबद्ध रूपमा सिफारिस गरिनेछ ।

अब सरकारलाई सिफारिस गरिएका अलैँचीको अनुमोदन भएर राजपत्रमा अङ्कित भएपछि औपचारिकरूपमा जातको विभाजन हुन्छ ।

अहिले रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ्गे जातको अलैैँची नेपाली जातका रूपमा दर्ता गर्न सिफारिस गरिएको अलैँची विकास केन्द्रका प्रमुख पदम अधिकारीले बताए ।

“अब कृषि सचिवको अध्यक्षतामा रहेको बीउ बिजन उन्मोचन समितिको बैठक बसेर ती नामहरु अनुमोदन गरेपछि अलैँचीको नेपाली जातले पूर्णता पाउँछ”,

अधिकारीले भने, “अहिलेसम्म नेपालमा खेती गरियो तर जात दर्ता गरिएको थिएन, अब भने नेपाली जातको अलैँचीलाई कसैले मेरो भनेर दाबी गर्न पाउँदैन ।”

केन्द्र प्रमुख अधिकारीका अनुसार रामसाई जातको अलैैँची वि.सं १८५० मा नेपालमा खेती भएको मानिएको छ ।

प्रतिरोपनी ३१ किलो उत्पादन हुने यो अलैँची अहिले छ हजार हेक्टरमा खेती हुने गरेको छ । सोही उचाइमा खेती हुने अर्को जात भार्लाङ्गे पनि विशेषगरी इलामको प्याङ, जमुना, माबु र गोर्खेमा खेती हुने गरेको छ ।

प्रतिरोपनी ४५ किलो उत्पादन हुने यो जातको अलैँची तीन हजार हेक्टर जमिनमा खेती गरिन्छ । गोलसाई जातको अलैँचीको नेपालको पूर्वी पहाडमा वि.सं १८५० देखि खेती थालिएको हो । यो अलैँची समुद्री सतहदेखि एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइसम्म खेती हुने गरेको छ ।

प्रतिरोपनी ३५ किलो उत्पादन हुने यो अलैँची ५९ हजार हेक्टरमा खेती हुन्छ । यस्तै अर्को जात डम्बरसाई पनि किसानले धेरै रुचाएको जनाइएको छ ।

एक सय ७० वर्षअघि शुरु गरिएकोे प्रतिरोपनी ३५ किलोका दरले उत्पादन हुने डम्बरसाई अलैँची अहिले एक हजार ५०० हेक्टर क्षेत्रफल जमिनमा रोपिएको छ ।

यो अलैँची पनि ६०० देखि एक हजार २०० मिटर उचाइभित्र खेती हुने गरेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top