विराटनगर,जेठ १२
विराटनगर–१२,रोडशेष चौकमा रहेको शक्तिमाता हार्डवेयरले भारतको सबैभन्दा ठुलो टायल्स कम्पनी ओरिन्ट बेल टायल्सको अत्याधुनि सोरुम सञ्चालनमा ल्याएको छ ।
सोरुमको शनिबार ओरिन्ट बेल कम्पनीकी डेपुटि जेनेरल म्यानेजर मोनिका नहाल र शक्तिमाता हार्डवयेरका सञ्चालक मुकुन्द प्रसाद दाहालले संयुक्त रुपमा उद्घाटन गरे ।
सोरुमको उद्घाटन गर्दै आफुले बाथरुम ,किचन, वाल तथा भुइँमा लगाउने ओरिन्ट बेलका सम्पुर्ण टायल्सहरु सुपथ मुल्यमा उपलब्ध गराउने शक्तिमाता हार्डवेयरका सञ्चालक दाहालले बताए ।
त्यस्तै ओरिन्ट बेल कम्पनीकी डेपुटि जेनेरल म्यानेजर नहालले ओरिन्ट बेलले गा्रहकका लागि सँधै गुणस्तरीय समानहरु उत्पादन गर्ने बताईन् ।
ओरिन्ट बेल टायल्स गुणस्तरीय टायल्स उत्पादन गर्ने भारतीय कम्पनी हो ।
रोडशेष चौकमा खोलिएको ओरिन्ट बेलको यो सोरुम विराटनगरकै पहिलो रहेको सञ्चालक दाहालको भनाई छ ।