NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

कोरोना भाइरस खोप: सरकारद्वारा ‘अन्तर्राष्ट्रिय खोप उत्पादकसँग सोझै पत्राचार’

शनिबार पुस ४ , २०७७
Reading Time: 1 min read
A A
कोरोना भाइरस खोप: सरकारद्वारा ‘अन्तर्राष्ट्रिय खोप उत्पादकसँग सोझै पत्राचार’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ पुस, बीबीसी ।
सरकारले कोरोनाभाइरसको खोप उपलब्ध गराउने विश्वव्यापी सञ्जाल कोभ्याक्सबाट प्राप्त हुने खोप बाहेक सोझै खरिद प्रक्रिया अघि बढाउन उत्पादकहरूसँग सम्पर्क गरेको अधिकारीहरूले बताएका छन्।

यसअघि स्वास्थ्य मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले खोप निर्माणमा संलग्न रहेका सातवटा देशहरूलाई कूटनीतिक नोट पठाउँदै सम्बन्धित देशमा स्वीकृति पाएपछि खोपहरू नेपालले पनि पाउने सुनिश्चित गर्न अनुरोध गरेको थियो।

त्यसमध्ये भारत र ब्रिटेनबाट सकारात्मक जवाफ प्राप्त भएको एक अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले खोप खरिद सम्बन्धी सरकारी स्तरको पत्राचार गर्ने लगायत प्रकिया हेर्न स्वास्थ्य सेवा विभागलाई जिम्मेवारी दिइएको छ।

Advertisement

कहिलेसम्ममा खोप ?

सरकारले गठन गरेको कोभिड–१९ खोपबारेको विज्ञ समितिका संयोजक डाक्टर श्यामराज उप्रेतीका अनुसार स्वास्थ्य मन्त्रालयले खोप उत्पादन भइरहेका देशका सरकार र निर्माणमा संलग्न कम्पनीहरूसँग कुराकानी गरिरहेको बताए।

उनी भन्छन्, “अहिले मन्त्रालयले कहाँ–कहाँ खोप बनेको छ र त्यो कति उपयुक्त हुन्छ भनेर सरकार–सरकारको तहमा कुराकानी गरिरहेको छ। त्यसबाहेक उत्पादकसँग सोझै कुराकानी पनि गरिरहेको छ।”

उनले थपे, “भारत र चीन सहित सातवटा देशसँग सम्पर्कमा रहेको र उत्पादकहरूलाई पनि हामीलाई यो परिमाणमा खोप चाहिन्छ, कहिलेसम्म दिनसक्छौ ?, भनेर सोधेको मेरो जानकारीमा छ।”

अमेरिकामा अघिल्लो हप्ता आकस्मिक अनुमति पाएको फाइजररबायोएनटेकले विकास गरेको खोप यसै साताबाट दिन थालिएको छ। तर माइनस ७५ डिग्रीसम्मको चिसो तापक्रममा भण्डारण गरेर राख्नुपर्ने भएकाले उक्त खोपका लागि नेपालसँग आवश्यक पूर्वाधार नभएको अधिकारीहरूले बताउँदै आएका छन्।

अमेरिकी सरकारले कोभिड–१९ खोप मोडेर्नालाई दोस्रो खोपको रूपमा अनुमति दिएको छ। । उक्त खोप एक ठाउँबाट अर्को ठाउँमा लैजान माइनस २० डिग्रीको चिसो ठाउँमा भण्डारण गर्नुपर्ने बताइन्छ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले यसअघि बीबीसीसँग कुरा गर्दै आवश्यक पर्दा मोडेर्नाको भण्डारणका लागि आवश्यक पूर्वाधार नेपालमा निर्माण गर्न सकिने बताएका थिए।

क–कसलाई सम्पर्क गरिएको छ ?
स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार हाल सरकारले अमेरिकाको फाइजर र मोडेर्ना, ब्रिटेनको एस्ट्राजेनेका, चीनको सिनोभ्याक्स, रूसको स्पुत्निक र भारतको खोप उत्पादक सिरम इन्स्टिच्यूटसँग सम्पर्क गरेको छ।

ती अधिकारी भन्छन्, सिरम इन्स्टिच्यूटले अक्सफर्ड विश्वविद्यालयले विकास गरेको एस्ट्राजेनेकाको उत्पादन गरिरहेको हुनाले उसले हामीलाई केही परिमाणमा बिक्री गर्न मिल्छ कि भनेर स्वास्थ्य सेवा विभागले पत्राचार गरेको हो।”

हाल प्रयोगका लागि अनुमति पाइनसकेको उक्त खोप साधारण रेफ्रिजेरेटरमा भण्डारण गर्न सकिने बताइन्छ। केही समय पहिले सरकारले पठाएको कूटनीतिक नोटको जवाफमा भारत र ब्रिटेनले सहयोग गर्ने जवाफ दिएको ती अधिकारीको भनाइ छ।

नोभेम्बर महिनाको अन्त्यमा नेपालको भ्रमण गरेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले भारतमा खोप आउने बित्तिकै नेपालको माग पूरा गर्ने विषय आफूहरूको प्राथमिकतामा पर्ने बताएका थिए।

त्यसअघि गएको जुलाई महिनामा नेपाल सहित दक्षिण एशियाका चार देशका विदेशमन्त्रीहरूको संयुक्त बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीले खोप लगायतका क्षेत्रमा सहकार्य गरिने प्रतिबद्धता जनाएका थिए।

नेपालले ल्याउन चाहेको खोप
स्वास्थ्य मन्त्रालयले गठन गरेको विज्ञ समितिका संयोजक उप्रेतीका अनुसार प्रभावकारिता र सुरक्षा सुनिश्चित भएका खोपलाई मात्रै नेपालमा प्रयोग गर्न अनुमति दिइनेछ।

त्यसको अर्थ हाल खोप विकास भएका देशका निकायहरूले त्यसलाई आपत्‌कालीन प्रयोगका लागि अनुमति दिएको हुनुपर्नेछ र नेपालको औषधि व्यवस्था विभागले पनि त्यसलाई भित्र्याउन स्वीकृति दिनुपर्नेछ।

नेपालमा हाल रहेका भण्डारण क्षमतासँग ती खोपहरू मेल खानुपर्ने उनी बताउँछन्। डा. उप्रेतीका अनुसार पाएसम्म दुईदेखि आठ डिग्री तापक्रपमा भण्डारण गर्न सकिने खोप नेपालले ल्याउन चाहेको छ।

“माइनस ७० डिग्रीसम्मको हाम्रो पूर्वाधार छैन। यदि बनाउने हो भने त्यसका लागि छमहिनादेखि एक वर्षसम्म लाग्ने हाम्रो आकलन छ।”

त्यसबाहेक नेपालले कोभिड–१९ खोप सम्बन्धी अन्तर्राष्ट्रिय अभियान कोभ्याक्सबाट प्राप्त गर्ने खोपकै मूल्यको हाराहारीमा पाइने खोपलाई आफूले खरिद गर्न चाहेको बताउने गरेको छ।

कोभ्याक्स मार्फत् सहुलियतमा प्राप्त हुने खोपका लागि प्रतिमात्रा २ डलरसम्म तिर्नुपर्नेबारे छलफल भएपनि निर्णय नभएको यसअघि नेपाली अधिकारीहरूले बताएका थिए। सन् २०२१ सम्ममा कोभिड–१९ खोपको दुई अर्ब डोज आफूले प्राप्त गर्ने लक्ष्य कोभ्याक्सले राखेको छ।

मुद्दाको डर ?
उसले कम र मध्यम कम आय भएका नेपालसहित ९२ देशलाई खोप उपलब्ध गराउन सहयोग गर्ने बताएको छ।

राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारीले कोभ्याक्सले आफू मार्फत् उपलब्ध गराइने खोपले नाकारात्मक प्रभाव देखाएको अवस्थामा उत्पादकले मुद्दा खेप्नु नपरोस् भन्ने सुनिश्चित गर्न चाहिरहेको बताए।

आफूहरूको काम प्राविधिक र वैज्ञानिक सल्लाह दिनुभएको भन्दै खोपका सन्दर्भमा कुनै समस्या आए उत्पादकले नभई नेपाल सरकारले क्षतिपूर्ति दिने व्यवस्थालाई निरन्तरता दिइने उनले जानकारी दिए।

त्यसबाहेक कुन खोप खरिद गरिन्छ त्यसलाई ध्यान दिँदै माइनस २० डिग्री तापक्रम आवश्यक भएका खोपहरू भण्डारण गर्न आवश्यक सामर्थ्य विकास गर्न पनि सरकार लाग्नुपर्ने उनले बताए।

खोप खरिदका लागि चाहिने रकम र श्रोत जस्ता विषयमा निर्णय गर्न परराष्ट्र मन्त्रालय, अर्थमन्त्रालय र स्वास्थ्य मन्त्रालयका सचिव रहेको संयन्त्र यसअघि नै सरकारले गठन गरेको छ।

नेपाली अधिकारीहरूले जनसङ्ख्याको २० प्रतिशतका लागि आवश्यक खोप उक्त अभियानबाट प्राप्त हुने बताएपनि आर्थिक सङ्कट सहितका कारण कोभ्याक्सलाई आफ्नो लक्ष्य समयमै पूरा गर्न चुनौती देखापर्ने सक्ने विवरणहरू बाहिर आएका छन्।

डेढ साता अघि पिपुल्स भ्याक्सिन नामक अभियानकर्ताहरूको एउटा गठबन्धनले सरकार र औषधि उत्पादन कम्पनीहरूले आपतकालीन रूपमा कदम नचाले सन् २०२१ सम्ममा झन्डै ७० वटा गरिब देशले आफ्ना १० मध्ये एकजना नागरिकलाई मात्र कोभिड–१९ विरुद्धको खोप दिनसक्ने चेतावनी दिएको थियो।

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.