×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

कोरोना भाइरस खोप: सरकारद्वारा ‘अन्तर्राष्ट्रिय खोप उत्पादकसँग सोझै पत्राचार’

४ पुष २०७७

४ पुस, बीबीसी ।
सरकारले कोरोनाभाइरसको खोप उपलब्ध गराउने विश्वव्यापी सञ्जाल कोभ्याक्सबाट प्राप्त हुने खोप बाहेक सोझै खरिद प्रक्रिया अघि बढाउन उत्पादकहरूसँग सम्पर्क गरेको अधिकारीहरूले बताएका छन्।

यसअघि स्वास्थ्य मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले खोप निर्माणमा संलग्न रहेका सातवटा देशहरूलाई कूटनीतिक नोट पठाउँदै सम्बन्धित देशमा स्वीकृति पाएपछि खोपहरू नेपालले पनि पाउने सुनिश्चित गर्न अनुरोध गरेको थियो।

त्यसमध्ये भारत र ब्रिटेनबाट सकारात्मक जवाफ प्राप्त भएको एक अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले खोप खरिद सम्बन्धी सरकारी स्तरको पत्राचार गर्ने लगायत प्रकिया हेर्न स्वास्थ्य सेवा विभागलाई जिम्मेवारी दिइएको छ।

कहिलेसम्ममा खोप ?

सरकारले गठन गरेको कोभिड–१९ खोपबारेको विज्ञ समितिका संयोजक डाक्टर श्यामराज उप्रेतीका अनुसार स्वास्थ्य मन्त्रालयले खोप उत्पादन भइरहेका देशका सरकार र निर्माणमा संलग्न कम्पनीहरूसँग कुराकानी गरिरहेको बताए।

उनी भन्छन्, “अहिले मन्त्रालयले कहाँ–कहाँ खोप बनेको छ र त्यो कति उपयुक्त हुन्छ भनेर सरकार–सरकारको तहमा कुराकानी गरिरहेको छ। त्यसबाहेक उत्पादकसँग सोझै कुराकानी पनि गरिरहेको छ।”

उनले थपे, “भारत र चीन सहित सातवटा देशसँग सम्पर्कमा रहेको र उत्पादकहरूलाई पनि हामीलाई यो परिमाणमा खोप चाहिन्छ, कहिलेसम्म दिनसक्छौ ?, भनेर सोधेको मेरो जानकारीमा छ।”

अमेरिकामा अघिल्लो हप्ता आकस्मिक अनुमति पाएको फाइजररबायोएनटेकले विकास गरेको खोप यसै साताबाट दिन थालिएको छ। तर माइनस ७५ डिग्रीसम्मको चिसो तापक्रममा भण्डारण गरेर राख्नुपर्ने भएकाले उक्त खोपका लागि नेपालसँग आवश्यक पूर्वाधार नभएको अधिकारीहरूले बताउँदै आएका छन्।

अमेरिकी सरकारले कोभिड–१९ खोप मोडेर्नालाई दोस्रो खोपको रूपमा अनुमति दिएको छ। । उक्त खोप एक ठाउँबाट अर्को ठाउँमा लैजान माइनस २० डिग्रीको चिसो ठाउँमा भण्डारण गर्नुपर्ने बताइन्छ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले यसअघि बीबीसीसँग कुरा गर्दै आवश्यक पर्दा मोडेर्नाको भण्डारणका लागि आवश्यक पूर्वाधार नेपालमा निर्माण गर्न सकिने बताएका थिए।

क–कसलाई सम्पर्क गरिएको छ ?
स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार हाल सरकारले अमेरिकाको फाइजर र मोडेर्ना, ब्रिटेनको एस्ट्राजेनेका, चीनको सिनोभ्याक्स, रूसको स्पुत्निक र भारतको खोप उत्पादक सिरम इन्स्टिच्यूटसँग सम्पर्क गरेको छ।

ती अधिकारी भन्छन्, सिरम इन्स्टिच्यूटले अक्सफर्ड विश्वविद्यालयले विकास गरेको एस्ट्राजेनेकाको उत्पादन गरिरहेको हुनाले उसले हामीलाई केही परिमाणमा बिक्री गर्न मिल्छ कि भनेर स्वास्थ्य सेवा विभागले पत्राचार गरेको हो।”

हाल प्रयोगका लागि अनुमति पाइनसकेको उक्त खोप साधारण रेफ्रिजेरेटरमा भण्डारण गर्न सकिने बताइन्छ। केही समय पहिले सरकारले पठाएको कूटनीतिक नोटको जवाफमा भारत र ब्रिटेनले सहयोग गर्ने जवाफ दिएको ती अधिकारीको भनाइ छ।

नोभेम्बर महिनाको अन्त्यमा नेपालको भ्रमण गरेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले भारतमा खोप आउने बित्तिकै नेपालको माग पूरा गर्ने विषय आफूहरूको प्राथमिकतामा पर्ने बताएका थिए।

त्यसअघि गएको जुलाई महिनामा नेपाल सहित दक्षिण एशियाका चार देशका विदेशमन्त्रीहरूको संयुक्त बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीले खोप लगायतका क्षेत्रमा सहकार्य गरिने प्रतिबद्धता जनाएका थिए।

नेपालले ल्याउन चाहेको खोप
स्वास्थ्य मन्त्रालयले गठन गरेको विज्ञ समितिका संयोजक उप्रेतीका अनुसार प्रभावकारिता र सुरक्षा सुनिश्चित भएका खोपलाई मात्रै नेपालमा प्रयोग गर्न अनुमति दिइनेछ।

त्यसको अर्थ हाल खोप विकास भएका देशका निकायहरूले त्यसलाई आपत्‌कालीन प्रयोगका लागि अनुमति दिएको हुनुपर्नेछ र नेपालको औषधि व्यवस्था विभागले पनि त्यसलाई भित्र्याउन स्वीकृति दिनुपर्नेछ।

नेपालमा हाल रहेका भण्डारण क्षमतासँग ती खोपहरू मेल खानुपर्ने उनी बताउँछन्। डा. उप्रेतीका अनुसार पाएसम्म दुईदेखि आठ डिग्री तापक्रपमा भण्डारण गर्न सकिने खोप नेपालले ल्याउन चाहेको छ।

“माइनस ७० डिग्रीसम्मको हाम्रो पूर्वाधार छैन। यदि बनाउने हो भने त्यसका लागि छमहिनादेखि एक वर्षसम्म लाग्ने हाम्रो आकलन छ।”

त्यसबाहेक नेपालले कोभिड–१९ खोप सम्बन्धी अन्तर्राष्ट्रिय अभियान कोभ्याक्सबाट प्राप्त गर्ने खोपकै मूल्यको हाराहारीमा पाइने खोपलाई आफूले खरिद गर्न चाहेको बताउने गरेको छ।

कोभ्याक्स मार्फत् सहुलियतमा प्राप्त हुने खोपका लागि प्रतिमात्रा २ डलरसम्म तिर्नुपर्नेबारे छलफल भएपनि निर्णय नभएको यसअघि नेपाली अधिकारीहरूले बताएका थिए। सन् २०२१ सम्ममा कोभिड–१९ खोपको दुई अर्ब डोज आफूले प्राप्त गर्ने लक्ष्य कोभ्याक्सले राखेको छ।

मुद्दाको डर ?
उसले कम र मध्यम कम आय भएका नेपालसहित ९२ देशलाई खोप उपलब्ध गराउन सहयोग गर्ने बताएको छ।

राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारीले कोभ्याक्सले आफू मार्फत् उपलब्ध गराइने खोपले नाकारात्मक प्रभाव देखाएको अवस्थामा उत्पादकले मुद्दा खेप्नु नपरोस् भन्ने सुनिश्चित गर्न चाहिरहेको बताए।

आफूहरूको काम प्राविधिक र वैज्ञानिक सल्लाह दिनुभएको भन्दै खोपका सन्दर्भमा कुनै समस्या आए उत्पादकले नभई नेपाल सरकारले क्षतिपूर्ति दिने व्यवस्थालाई निरन्तरता दिइने उनले जानकारी दिए।

त्यसबाहेक कुन खोप खरिद गरिन्छ त्यसलाई ध्यान दिँदै माइनस २० डिग्री तापक्रम आवश्यक भएका खोपहरू भण्डारण गर्न आवश्यक सामर्थ्य विकास गर्न पनि सरकार लाग्नुपर्ने उनले बताए।

खोप खरिदका लागि चाहिने रकम र श्रोत जस्ता विषयमा निर्णय गर्न परराष्ट्र मन्त्रालय, अर्थमन्त्रालय र स्वास्थ्य मन्त्रालयका सचिव रहेको संयन्त्र यसअघि नै सरकारले गठन गरेको छ।

नेपाली अधिकारीहरूले जनसङ्ख्याको २० प्रतिशतका लागि आवश्यक खोप उक्त अभियानबाट प्राप्त हुने बताएपनि आर्थिक सङ्कट सहितका कारण कोभ्याक्सलाई आफ्नो लक्ष्य समयमै पूरा गर्न चुनौती देखापर्ने सक्ने विवरणहरू बाहिर आएका छन्।

डेढ साता अघि पिपुल्स भ्याक्सिन नामक अभियानकर्ताहरूको एउटा गठबन्धनले सरकार र औषधि उत्पादन कम्पनीहरूले आपतकालीन रूपमा कदम नचाले सन् २०२१ सम्ममा झन्डै ७० वटा गरिब देशले आफ्ना १० मध्ये एकजना नागरिकलाई मात्र कोभिड–१९ विरुद्धको खोप दिनसक्ने चेतावनी दिएको थियो।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top