भारतमा आन्दोलनरत किसानद्वारा भोक हड्ताल सुरु

६ पौष, काठमाडौं । भारतमा आन्दोलनरत किसानले भोक हड्ताल सुरु गरेका छन् ।

Advertisement

संयुक्त किसान मोर्चाले कृषि कानुनको विरोधमा प्रदर्शन स्थलमा भोक हड्ताल गर्ने घोषणा गरेका हुन् ।

कृषि कानुनको विरोधमा भारतमा एक महिनादेखि किसानहरु आन्दोलनमा छन् । दिल्लीमा बढ्दो चिसोका बाबजुत पनि किसानले आन्दोलनलाई अगाडि बढाइराखेका छन् ।

Advertisement

आउँदो डिसेम्बर २३ तारिखमा परेको किसान दिवसमा आन्दोलन थप सशक्त पर्ने किसानको तयारी छ ।

२३ तारिखमा उनीहरुले दिउँसोका खाजा खाना नबनाइ किसानको आन्दोलनमा समर्थन जनाउन आग्रह गरेका छन् ।

Advertisement

उनीहरुले कृषि कानुन फिर्ता लिन बाध्य पार्न आग्रह गर्ने पनि बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top