साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन गरिने

१३ जेठ ७५, सोमबार

पथरी, मोरङ, जेठ १४
साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान गरेका वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ ।

Advertisement

चेतना संरक्षण प्रतिष्ठानको संयोजनमा विराटनगरसहित विभिन्न क्षेत्रमा रहेका १०० भन्दा बढी साहित्यिक, सामाजिक, धार्मिक, शैक्षिक संघसंस्थाले सुवेदीलाई जेठ २६ गते नागरिक अभिनन्दन गर्न लागेका हुन् । भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी साहित्यमा मात्रै नभएर धार्मिक र सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । अभिनन्दनका लागि प्रतिष्ठानको संयोजनमा तयारी भइरहेको छ ।

प्रचारप्रसार, मञ्च व्यवस्थापन, भोजन व्यवस्थापन, ग्रन्थ प्रकाशन, आर्थिक व्यवस्थापन, कार्यसम्पादनलगायतका विभिन्न समिति गठन गरेर अभिनन्दनको तयारी पारिएको प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले जानकारी दिए ।

Advertisement

सुवेदीका तीन दर्जनभन्दा बढी मौलिक र त्यतिकै संख्यामा सम्पादित पुस्तक प्रकाशित छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top