झापामा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

६ पुस ७७, मंगलबार

७ पौष, झापा । झापाको बिर्तामोड नगरपालिका-२ बस्ने २५ बर्षीया बनिता शर्माको आगो ताप्ने क्रममा आगोले जलेर मृत्यु भएको छ ।

आफ्नै घर अगाढी आगो तापेर बसिरहेकी शर्मा सोमवार राती साँढे ६ बजे आगोले जलेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै घटनास्थलमा खटिएको प्रहरी टोलीले शर्मालाई जलेको अवस्थामा मृत फेला पारेको हो ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top