८ पुस, काठमाडौं । नेकपाको केपी शर्मा ओली समूहको प्रदेश भेला भइरहेको छ ।
तर सातै प्रदेशको भेला भने काठमाडौं उपत्यकाका विभिन्न पार्टी प्यालेस र कलेजहरुमा भइरहेको छ । प्रदेश १ को भेला अनुपम पार्टी प्यालेस बत्तिसपुतली, प्रदेश २ को अनामनगरस्थित एक इन्जिनियरिङ कलेजमा, बागमती प्रदेशको रोयल पार्टी प्यालेस तीनकुने, गण्डकी प्रदेशको सहकारी बोर्डको अफिस पुल्चोक, लुम्बिनी प्रदेशको इन्द्रेणी ब्याङ्केट नयाँ बानेश्वर, कर्णाली प्रदेशको एसियन पार्टी प्यालेस सुकेधारा र सूदुरपश्चिम प्रदेशको कार्निभल रेष्टुरेन्टमा भइरहेको छ । भेलामा राजधानीमा उपलब्ध ओली समूहका नेता तथा कार्यकर्ता सहभागी छन् । मंगलबार मात्रै महाधिवेशन आयोजक कमिटी गठन गरेको यो समूहले सातै प्रदेशको भेला राखेको हो ।