Nepal Times
Nepal Times
3
Shares

संसद विघटनको विरोधमा कपिलवस्तुमा जसपाको प्रर्दशन

संसद विघटनको विरोधमा कपिलवस्तुमा जसपाको प्रर्दशन

८ पुष, काठमाडौं । जनता समाजवादी पार्टीले कपिलवस्तुको सदरमुकाम तौलिहवामा र्यालीसहित संसद विघटनको विरुद्धमा प्रदर्शन गरेको छ ।

केन्द्रीय परिपत्र अनुसार देशका ७७ वाटै जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम अनुसार कपिलवस्तुमा पनि प्रर्दशन गरिएको जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले बताए । विरोध र्यालीपछिको कोण सभामा    जसपाको केन्द्रीय सदस्य रविदत्त मिश्राले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अलोकतान्त्रिक काम गरेकोे बताए ।  कार्यक्रममा सम्बोधन गर्दै जसपा केन्द्रीय सदस्य नारायाणप्रसाद खनालले हजारौँ जनताको रगतको बलिदानी, जेलजिवन र विभिन्न संघंर्षबाट प्राप्त संघीय लोकतान्त्रिक संघीय सासदको चरित्र हत्या गरेको आरोप  लगाए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.