८ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको संकटमोचन गर्न राप्रपाले चाहिने बताएका छन् ।
उनले आन्दोलन वा चुनावबाट पार्टीको कार्यसूची स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरे । राप्रपाको मार्गचित्रबाट मुलुकका समस्या समाधान हुने भन्दै उनले सबै राष्ट्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए । यस्तै राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले कांग्रेस कम्युनिष्टले मुलुक सञ्चालन गर्न नसक्ने बताए । उनले राजसंस्था र हिन्दूराष्ट्रलाई पुनःस्थापना गर्नको निमित्त सबै तह र तप्कामा सक्रियताको आवश्यकता रहेको बताएका छन् । यस्तै अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकलाई असफलताको बाटोमा लान नदिन राप्रपा बलियो हुनुपर्नेमा जोड दिए ।