NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

गत वर्षभन्दा ३३ मेगावाट कम विद्युत् उत्पादन !

सोमवार जेष्ठ १४ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
गत वर्षभन्दा ३३ मेगावाट कम विद्युत् उत्पादन !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, जेठ १४
गत आर्थिक वर्र्षभन्दा चालू आवको आठ महिनामा ३३ मेगावाट कम विद्युत् उत्पादन भएको छ ।

सरकारले सार्वजनिक गरेको चालू आवकोे आठ महिनाको आर्थिक सर्वेक्षणमा यस वर्षको आठ महिनाको अवधिमा ७२ मेगावाट विद्युत् उत्पादन भएको छ ।

आव २०७३÷७४ को सोही अवधिमा कूल १०५.३ मेगावाट विद्युत् उत्पादन गरेको थियो । गत वर्षभन्दा यस वर्ष विद्युत् उत्पादन बढी हुनुपर्ने भए पनि यस वर्ष जलविद्युत् आयोजना तोकिएको समयमा सम्पन्न हुन नसक्दा उत्पादनमा कमी आएको हो ।

Advertisement

गत वर्ष माथिल्लो मस्र्याङ्दी ‘ए’ बाट ५० मेगावाट र अन्य आयोजनाबाट ५५.३ मेगावाट विद्युत् उत्पादन भएको थियो । गत वर्ष ज्याग्दी खोला दुई मेगावाट, ठुंगन–ठोस्ने ४.३६ मेगावाट, दरौदी खोला ६ मेगावाट, खानी खोला दुई मेगावाट, मिया खोला एक मेगावाट, माथिल्लो मोदी २५ मेगावाट र हेवा खोला ‘ए’ १४.९ मेगावाट सम्पन्न भएको थियो ।

चालू आवको आठ महिनामा भने अपर माई ‘सी’ ५.१ मेगावाट, ढुंगे जिरी ०.६ मेगावाट, सभा खोला चार मेगावाट, पुवा खोला चार मेगावाट, फावाखोला पाँच मेगावाट, थापा खोला १३.६ मेगावाट, सर्दिखोला चार मेगावाट, चाकेखोला २.८ मेगावाट, मिदिमखोला तीन मेगावाट, स्यौरीभूमि ०.२ मेगावाट र चमेलिा ३० मेगावाटका आयोजना मात्रै सम्पन्न भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण र यसका सहायक कम्पनी मार्फत सरकारको समेत लगानी रहेका ७१० मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन् ।

दुई सय ९२ किलोमिटर प्रसारण लाइन थप

गत वर्षको आठ महिनाभन्दा चालू आवको आठ महिनामा २९२ किलोमिटर प्रसारण लाइन थप भएको छ । गत वर्ष विद्युत् प्रसारण लाइन तीन हजार २०४ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएकामा यस वर्षको आठ महिनामा तीन हजार ४९६ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको छ ।

आव २०७२÷७३ मा विद्युत् प्रसारण लाइन दुई हजार ८४८ सर्किट किलोमिटर रहेको थियो । प्रसारण लाइन निर्माणमा जोड दिएको बताए पनि वन क्षेत्रको जग्गा प्रयोग, मुआब्जा वितरणमा देखिएको समस्या तथा स्थानीयवासीको अवरोधका कारण प्रसारण लाइन निर्माण प्रक्रियाले गति लिन नसकेको हो । प्राधिकरणले प्रसारण लाइन निर्माणमा विशेष जोड दिएको बताए पनि रणनीतिक महत्वका ४५ प्रसारण लाइन निर्माणमा गति पैदा हुन सकेको छैन ।

अधिकांश प्रसारण लाइनमा समस्या देखिएको छ । वन क्षेत्रको जग्गा प्रयोग तथा जग्गा प्राप्तिमा रहेको समस्याका कारण प्रसारण लाइन निर्माण प्रक्रियाले गति लिन नसकेको हो ।

विद्युत् ग्राहक ६ लाखले बढे

दुई वर्षको अवधिमा विद्युत् ग्राहकको संख्यामा ६ लाखले बढोत्तरी भएको छ । आव २०७२÷७३ मा २९ लाख ६९ हजार ५७६ बाट ५.१ प्रतिशतले बढेर गत आवमा ३१ लाख २१ हजार ९०२ पुगेको थियो भने चालू आवको आठ महिनामा ३५ लाख ९२ हजार पुगेको छ ।

प्रत्येक वर्ष विद्युत्को ग्राहक बढ्दै गएकाले नेपालभर नै विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य पूरा गर्न थप सहज हुने भएको छ । ग्रामीण क्षेत्रका कूल १० घरमध्ये तीन घरमा अझै पनि ऊर्जाको पहुँच नपुगेको सन्दर्भमा ती क्षेत्रका नागरिकलाई सहज विद्युत् आपूर्तिका लागि सरकारले अझै मिहेनत गर्नुपर्ने देखिएको छ ।

ऊर्जा मन्त्रालयले केही समयपहिले सार्वजनिक गरेको श्वेतपत्रमा आगामी पाँच वर्षभित्रै विद्युत् सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
रासस

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.