छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषधसहित ४ जना पक्राउ

८ पुस ७७, बिहीबार

९ पौष, विराटनगर । झापा र ईलामका तिन छुट्टाछुट्टै स्थानबाट बुधवार दिउँसो नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बुधवार दिउँसो साँढे २ बजे ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ का २१ बर्षीय संजय तामाङलाई २६ ग्राम २६ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

मे ८ प ३४२८ नम्बरको मोटरसाईकलमा सवार रहेका तामाङलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद भएको हो ।

यसैगरी झापाकै भद्रपुर नगरपालिका–३ झोलुङगे पुल छेउबाट लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् ।

प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ साँढे ५ बजे भद्रपुर नगरपालिका–२ का ३६ बर्षीय दिपक राई र ३५ बर्षीय सेर बहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

मे २ प ४३१८ नम्बरमा सवार रहेका निजहरु दुवैजनालाई चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट भ्कपगा कथचगउ १० थान, नाईट्रोजन१० ट्याब्लेट, उईनपासमोफोट ७२ पिस, लुपिजेसिक८ एम्पुल, फेनारागन ८ एम्पुल, डाईजेपाम८ एम्पुलर गाँजा २०० ग्राम बरामद भएको थियो ।

यस्तै ईलामको सुर्योदय नगरपालिका-८ छिपिटारबाट लागैऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

प्रहरी चौकी फिल्कलबाट खटिएको प्रहरी टोलीले सुर्योदय नगरपालिका–४ का २५ बर्षीय अनुप प्रधानलाई ६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top