नेकपाबाट एउटा गुट अलग भएको होः गृहमन्त्री थापा

९ पौष, काठमाडौँ । नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले नेकपाबाट एउटा गुट अलग भएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् ।

थापाले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन केपी शर्मा ओलीलाई आफूले साथ दिएको बताएका छन् । ’प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ । चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ ,’ बैठकलाई सम्बोधन गर्दै थापाले भने ।

उनले दाहाल–नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको बताएका छन् । ’उहाँहरू (दाहाल–नेपाल)को ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित छ । उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ,’ आफ्नो सम्बोधनमा थापाले भने ।

संसद विघटनपछि केही दिन तटस्थ बसेका थापा आजको ओली समूहको बैठकमा सहभागी भएर ओलीलाई साथ दिएका छन् । बालुवाटारमा जारी बैठकमा अध्यक्ष ओलीले नयाँ केन्द्रीय सदस्यहरुलाई सपथ खुवाएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top