×

NEPAL TIMES UPDATES

Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026
Playing
यु द्ध Iranमा, बाछिटा नेपालमा ! विश्वऊर्जा बजारमा हा हाका र || Nepal Times
Mar 16, 2026
Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026

खर्च कम गर्न सरकारलाई सुझायो निर्वाचन आयोगले यस्तो बाटो

९ पुष २०७७

९ पुष, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारलाई विभिन्न १६ बुँदे सुझाव दिएको छ ।

भ्रष्टाचार न्यूनीकरणका लागि खर्चिलो निर्वाचन प्रणालीमा पुनरावलोकन आवश्यक रहेको भन्दै आयोगले राजनीतिक दलको कोष तथा सार्वजनिक पदका लागि हुने निर्वाचनका उम्मेदवारको कोष सम्बन्धमा स्पष्ट नीति बनाई आयव्यय बैंकिङ प्रणालीमा आबद्ध गरी पारदर्शीता कायम गर्ने सरकारलाई सुझाव दिएको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार भ्रष्टाचार नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन सार्वजनिक क्षेत्रका अतिरिक्त निजी तथा गैरसरकारी क्षेत्रका सङ्घ संस्था र निकायका भ्रष्टाचारजन्य कसुरलाई स्वतन्त्र अनुसन्धान गर्ने र दण्डनीय बनाउने गरी कानूनी व्यवस्था गर्न भनिएको छ । मुलुकको आर्थिक विकासको स्तर एवं आर्थिक अवस्थाअनुरूप सबै तहका कर्मचारीलाई आधारभूत आवश्यकता परिपूर्ति गर्नसक्ने गरी यथोचित तलबलगायत आवास, शिक्षा स्वास्थ्य जस्ता सुविधाको व्यवस्था गर्ने र वार्षिक मूल्यवृद्धिको अनुपातमा स्वतः तलब वृद्धि हुने व्यवस्था गर्नुपर्ने आयोगको सुझाव छ । सार्वजनिक निकायबाट निहित व्यक्तिगत वा समूहगत हित वा स्वार्थ रहेका खरिद निर्णयसमेत मन्त्रिपरिषद्मा पेस गरी निर्णय गर्ने परिपाटीलाई निरुत्साहित गर्नका लागि नीतिगत निर्णयको स्पष्ट परिभाषा र व्याख्या एवं नीतिगत तथा प्रशासनिक निर्णयको सीमा निर्धारण गरी नीतिगत निर्णयसम्बन्धी कार्यविधि तर्जुमा एवं कार्यान्वयन गर्नु अत्यावश्यक रहेको आयोगको स्पष्ट भनाइ छ । प्रणालीको कार्यान्वयन सुनिश्चित गर्नुपर्नेमा आयोगको जोड छ । भ्रष्टाचारजन्य कार्य हुन नदिने एवं पुनरावृत्ति हूने कार्य रोक्नका लागि भ्रष्टाचारका जोखिमपूर्ण क्षेत्र र कार्यालय तथा क्षेत्रगत भ्रष्टाचारका प्रमुख कारणको पहिचान गर्नुपर्ने आयोगको सुझाव छ ।

Advertisement

आयोगले स्थानीय तह, मालपोत, नापी, यातायात, वैदेशिक रोजगारलगायतका सेवाग्राहीको चाप हुने कार्यालयमा पर्याप्त कर्मचारी र सेवा केन्द्र, हेल्पडेक्स, टोकन प्रणाली, पूर्वाधार र क्षमता विकास, जिम्मेवारी र जवाफदेहिता किटान गर्न भनेको छ । यस्तै, कार्यप्रक्रिया सरलीकरण र प्रभावकारी अनुगमन गरी कार्यालयबाट प्रवाह गरिने सेवा सरल, सहज र छिटो छरितो रूपमा सेवाग्राहीलाई उपलब्ध गराउने, सेवा प्राप्त हुने अधिकतम समय तोकिदिने, विचौलियाको उपस्थितिलाई निरुत्साहित गर्ने तथा विद्युतीय शासनमा जोड दिई अनलाइनबाटै कर तथा राजस्व तिर्नसक्ने वा सेवा प्राप्त गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ । यसैगरी ठेक्का व्यवस्थापनलाई प्रभावकारी बनाउन राज्यले गर्नुपर्ने ठेक्का सम्झौताको कार्यबोझका आधारमा पर्याप्त रूपमा प्राविधिक जनशक्तिको व्यवस्था गरी क्षमता अभिवृद्धि गर्न सरकारलाई सुझाव दिएको आयोगले त्यस्ता काममा बजेटको अभाव हुन नदिन तथा बिना तयारी बोलपत्र आह्वान गर्ने कार्य रोक्न भनेको छ । सार्वजनिक खरिदसम्बन्धी अन्य कानूनी प्रावधानलाई कडाइका साथ पालना गर्न लगाउने एवं निर्माण कार्य सम्पन्न गर्नुपर्ने समयावधि वैज्ञानिक आधारमा तय गर्ने र मनासिव कारणका आधारमा मात्र नियमानुसार ठेक्काको म्याद थप गर्न आयोगले आग्रह गरेको छ ।

ठेक्का सम्झौतामा कार्य सम्पादन जमानत र अग्रिम भुक्तानीको बैंक ग्यारेन्टीजस्ता कागजातको आधिकारिकता र समयमा म्याद थप भएर नभएको तालुक विभाग र मन्त्रालयले हेरी कर्मचारीलाई जिम्मेवार बनाउनुपर्ने र रुग्ण आयोजनाको समयबद्ध कार्ययोजना बनाएर कार्यान्वयन गर्न लगाउने तथा कार्यान्वयनको सफलतालाई कर्मचारीको कार्य सम्पादनसँग जोड्ने व्यवस्था गर्नुपर्ने आयोगको भनाइ छ । उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनामा सार्वजनिक खरिद नियमावली अनुसार नै अनुमानमा उपभोक्ता समितिको लागत सहभागिता अंश जोडन तथा समितिलाई भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर तथा उपभोक्ताको लागत सहभागिता अंशलगायतका रकम कट्टी गरी भुक्तानी गर्न भनिएको छ । सुरक्षाकर्मीको व्यावसायिकता अनुसन्धान कुशलता र मनोबल बढाउन आवश्यक नीतिगत तथा प्रविधिगत सुधार र क्षमता अभिवृद्धिको व्यवस्था गर्दै अनुचित राजनीतिक हस्तक्षेपको अन्त्य गरी सरुवा बढुवाका वस्तुगत मापदण्ड बनाएर निष्पक्षरूपमा लागू गर्न भनिएको छ । प्रहरी कर्मचारीलाई दिइने आधारभूत तालिममा सदाचारसम्बन्धी विभागका अनुसार उच्च अदालत पाटनमा दुई र उच्च अदालत जनकपुरको वीरगन्ज इजलाशमा एक मुद्दा दायर गरिएको छ । विभागले ललितपुर महानगरपालिका–२ सानेपा बस्नेत कविला सप्लायर्स सेन्टरका सञ्चालक किशोर चौधरीविरुद्ध रु दुई करोड १४ लाख ३० हजार २३८ बिगो दावी गर्दै मुद्दा दायर गरेको छ । त्यस्तै धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका स्थायी घर भएका शिवम प्याकेजिङका सञ्चालक सीतादेवी जयसवाल रु पाँच करोड ८८ लाख ६५ हजार ९१९ र कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीको जय श्री गौतम सप्लायर्सका सञ्चालक मुकेश चौधरीविरुद्ध रु पाँच करोड ३२ लाख १६ हजार १८८ बिगोसहित मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध रु १३ करोड ३५ लाख १२ हजार ३४५ बिगो असुली गर्न माग गरिएको छ । यस्तै शिवम ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक जगदीश सहनीविरुद्ध रु चार करोड ७९ लाख ६९ हजार ४४७ बराबरको बिगो दाबी गरिएको छ । अनुस्का मल्टिप्रपोज कम्पनीका सञ्चालक शिवलाल तिम्लसिनाविरुद्ध रु एक करोड ८२ लाख ५३ हजार ४६१ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

भर्खरको समाचार

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सम्बन्धित खबरहरु

Scroll to Top