१० पुष, काठमाडौं । नेकपाका नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता बिरोधी भएको बताएका छन् । ओली कम्युनिष्ट बिचार, आचरणबाट बिचलन र पतनको बाटोमा हिडेको भन्दै कम्युनिष्ट आन्दोलन नै सिध्याईदिने हो कि भन्ने चिन्ता व्यक्त गरे । ओलीमा गणतन्त्र, संघीयताप्रति अपनत्व, माया, मोह, ममता नभएको नेता नेपालको भनाई छ ।
ओलीले कुनै पनि समस्याहरुको सहज अवतरण नचाहाने नेपालको भनाई छ । उनले अध्यक्ष प्रचण्डसँग कम्युनिष्ट आन्दोलन, बिचार, सिद्धान्त मिलेको र पार्टीलाई सुदृढ बनाउँदै पार्टी कमिटीको आधारमा चल्ने कुरा मिलेको बताए । आगामी दिनमा आपसी विश्वास राख्दै बिगतका कमी, कमजोरी सुधार्दै अघि बढ्ने समेत बताए । अध्यक्ष नेपालले आधिकारिक पार्टी आफुहरुको भएकाले पार्टी कार्यालय र पार्टीको सम्पति आफुहरुको हुने दाबी समेत गरे ।