च्याउखेतीबाटै सन्तुष्टि, वार्षिक १२ लाखसम्म आम्दानी

१० पुस ७७, शनिबार

११ पुस, दमौली।

तनहुँको व्यास नगरपालिका–४ निवासी राजकुमार श्रेष्ठ वैदेशिक रोजगारका लागि मलेसिया पुग्नुभयो । तीन वर्षको बसाईपछि उहाँ घर फर्किए । घर फर्किएपछि के गर्ने ? उनमा कुनै विकल्प थिएन । त्यसलगत्तै उनी वैदेशिक रोजगारीका लागि कतार पुगे। कतारमा जम्मा १५ महीना बसेर पुनः स्वदेश फिर्ता भए ।

विदेशमा चार वर्ष पाँच महीना बस्दा उनले केही पैसा त कमाए, तर आत्मसन्तुष्टि लिन सकेनन् । घरमै बस्दै गर्दा उनलाई प्लम्बिङ काम गर्ने सोच आयो । हातमा सीप भएकाले उनले प्लम्बिङको काम शुरु गरे । सँगै तरकारीखेती पनि ।

Advertisement

प्लम्बिङ र तरकारीखेतीबाट भएको आम्दानीले उनको घरखर्च चल्दै गयो । बिस्तारै उहाँले च्याउखेतीमा भविष्य देखे र च्याउखेती शुरु गरे । सात वर्ष अगाडिदेखि च्याउखेती गरेका श्रेष्ठले यसैलाई निरन्तरता दिइरहेका छन् ।

व्यावसायिकरुपमा च्याउखेती गरिरहेका श्रेष्ठ अहिले सन्तुष्ट छन् । “विदेश गएर आत्मसन्तुष्टि मिलेन, बरु अहिले घरमै बसेर गरेको च्याउखेतीले सन्तुष्टि दिलाएको छ”, श्रेष्ठले भने, “मनग्य आम्दानी छ, घरखर्च राम्रोसँग चलेको छ ।”

Advertisement

उनले १० आना आफ्नै र १० आना भाडामा लिएर च्याउखेती गरिरहेका छन् । च्याउखेतीबाट वार्षिक रु १२ लाखसम्म आम्दानी हुने गरेको श्रेष्ठले बताए। उनले च्याउखेतीका लागि आठ वटा टनेल बनाएका छन् । हालसम्म रु १६ लाखभन्दा बढी लगानी भएको उनले बताए ।

च्याउखेती विस्तार गर्ने सोच बनाए पनि जग्गा नपाएको श्रेष्ठले बताए। “अझै थप व्यावसायिकरुपमा खेती गर्ने सोच हुँदाहुँदै पनि जग्गा पाएको छैन, जग्गा खोज्दैछु”, श्रेष्ठले भने । श्रेष्ठले हालै मात्र चार वटा टनेल बनाएर उक्त टनेलमा ४०० किलो च्याउको बीउ रोपेका छन् । चौबीस दिनमा टुसा पलाउन शुरु हुने र ३० देखि ३५ दिनमा च्याउ बिक्रीका लागि तयार हुने गर्दछ ।

“एक चरणमा चार हजार किलो च्याउ बिक्री भइसक्यो, अहिले थप ४०० किलो च्याउको बीउ लगाएको छु”, उनले भने । एउटा पोकामा राखिएको च्याउको बीउबाट छ पटकसम्म उत्पादन लिन सकिन्छ ।

बजार अभाव छैन
उत्पादित च्याउ बिक्रीका लागि कुनै समस्या नरहेको श्रेष्ठले बताए। उत्पादित च्याउ दमौली बजारमै छोपाछोप हुने गरेको उनले सुनाए । उनले दमौली बजारमै तरकारी पसलसमेत सञ्चालन गर्दै आएका छन् । “कतिपय त च्याउ लिन घरमै आइपुग्छन्, पसलमा लगेर पनि बेच्ने गरेको छु”, उनले भने, “बजारको कुनै समस्या छैन, च्याउखेतीबाट सन्तुष्ट छु, चार जनाको परिवार राम्रोसँग चलेको छ ।” श्रेष्ठका अनुसार थोकमा प्रति किलो रु १६० र खुद्रा रु २०० सम्म च्याउ बिक्री हुने गरेको छ ।

च्याउ उत्पादन भएको बेला प्याकिङ गर्नका लागि श्रेष्ठले १०-१५ जनालाई रोजगारी दिएका छन् । “अरु बेला घरपरिवारले नै काम गर्छौं, उत्पादन भएका बेला घर वरपरकै मानिसलाई काममा लगाउने गरेको छु”, श्रेष्ठले भने । व्यास नगरपालिकाले श्रेष्ठलाई रु आठ लाख अनुदान दिएको छ । व्यावसायिकरुपमा खेती गरिरहेका कृषक छनोट गरी अनुदान दिइएको नगरपालिकाका प्रवक्ता एवं आर्थिक समितिका संयोजक मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

“उहाँले गरेको कामको मूल्याङ्कन र अनुगमनपछि मात्रै रकम भुक्तानी गर्छौं”, उनले भने, “उहाँको च्याउखेतीको नगरपालिकाको तर्फबाट अनुगमन भएको छ, कृषकलाई प्रोत्साहित गर्ने नगरपालिकाको नीति छ ।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top