एकसय २६ खानीबाट छ हजारलाई रोजगारी

१४ जेठ ७५, मंगलबार

काठमाडौँ, जेठ १५
सरकारले चालू आर्थिक वर्षको आठ महिनामा खानी क्षेत्रबाट छ हजार जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीको अवसर प्रदान गरेको छ ।

सरकारले खानी उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिइरहेको बेला चालू आवको आठ महिनामा मुलुकभरका १२६ खानीबाट छ हजार जनालाई रोजगारको अवसर प्रदान गरेको हो ।

खानी तथा भूगर्भ विभागका प्रवक्ता कृष्णदेव झाले चुनढुंगा, कोइला, पत्थर, खरी, मार्बल, फलाम, टुर्मालिन, काइनाइटलगायतका खानीबाट रोजगारीको अवसर प्रदान गरिएको जानकारी दिए । चालू आवमा कूल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन क्षेत्रको योगदान ०.६ प्रतिशत रहेको उनले बताए ।

Advertisement

विभागले एकअर्ब सात करोड टन चुनढुंगा अन्वेषण भएको जनाएको छ, जसमा ५४ करोड टन प्रमाणित, ११ करोड टन अर्धप्रमाणित तथा ४२ करोड टन सम्भाव्य रहेको छ ।

चालू आवको आठ महिनामा आठ हजार ४५० टन प्रतिदिन क्षमताका १३ उद्योग सञ्चालनमा रहेको र १० वटा निर्माणाधीन अवस्थामा रहेका छन् । सिमेन्ट उद्योगको खानी क्षेत्रसम्म सडक तथा विद्युत् प्रसारण लाइन निर्माणमा सरकारले प्राथमिकता दिएकाले सिमेन्ट उद्योगको विकास तथा सञ्चालनमा उल्लेख्य सफलता भएको विभागले जनाएको छ ।

Advertisement

यस्तै, नवलपरासीको धौवादी फलाम खानी भण्डारको अन्वेषण कार्य अन्तिम चरणमा पुगेको, ललितपुरको फूलचोकी र रामेछापको ठोसे फलाम खानी तथा पर्वत फलाम खानी उद्योगको प्रवद्र्धन हुनुका साथै मुस्ताङमा युरेनियम अन्वेषण कार्य भइरहेको प्रवक्ता झाले बताए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top