कायर प्रधानमन्त्रीले आफ्नो रक्षाका लागि जाल–झेल गरेः गगन थापा

१३ पुस ७७, सोमबार

१३ पुस, नेपालगञ्‍ज।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संविधानमाथि ठूलो प्रहार भएको बताएका छन् ।

Advertisement

नेपालगञ्‍जमा सोमबार कांग्रेसले गरेको विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलभित्र अविश्‍वासको प्रस्ताव समेत खेप्‍न डराएर गत पुस पाँचमा संविधानविपरीत प्रतिनिधि सभा भंग गरेका थिए ।

थापाले प्रधानमन्त्री र राष्ट्रपतिलाई संविधान भंग गर्ने कुनै अधिकार जनताबाट लेखिएको संविधानमा नभएको बताए । उनले भने, ‘त्यो मुद्दा सम्मानित सर्वोच्च अदालतमा छ । सम्माननीयहरूले संविधान हेरेर निर्णय लिदा न्याय मिल्ने विश्‍वास आम जनताको छ ।’ अदालतमाथि जनताको भरोसा रहेको थापाले बताए ।

Advertisement

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो रक्षाका लागि संसद विघटन गरेर कायरता प्रदर्शन गरेको बताएका छन् । संसद विघटनको विरोधमा कांग्रेसले घोषणा गरेको देशव्यापी विरोध कार्यक्रममा नेपालगञ्जमा संबोधन गरेका थापाले ‘कायर’ प्रधानमन्त्रीले आफ्नो रक्षाका लागि जाल–झेल गरेको आरोप लगाए ।

नेपालको संविधान अनुसार संसदमा टाउको गनेर प्रधानमन्त्री बनेका ओलीले संविधान बमोजिम संसदको अधिवेशन नबोलाएर राष्ट्रपतिको सहारामा संसदको विघटन गर्दा संविधान, लोकतन्त्र र जनभावनामाथि एक्साथ कुठाराघात भएको आरोप लगाए ।

Advertisement

थापाले भने, “विगतमा संसदीय व्यवस्थामा देखिएको कमजोरीका कारण संविधानमा संसद विघटनको प्रावधान हटाइएको थियो । तर, प्रधानमन्त्री र राष्ट्रपतिले संविधान मिचेर विघटन गरेका छन् ।” उनले विगत तीन वर्षमा ओलीले एकपछि अर्को अपराध र कुकर्म गरेर देश र जनतामाथि अपमान गरेको बताए ।

थापाले देश नै अनिश्चयमा फस्ने अहिलेको अवस्था ओलीबाट मात्र आएको नभई पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल पनि दोषी रहेको बताए । “ दाहाल, नेपाल र खनालले ओलीको कुशासनविरुद्ध मौनता साँध्नाको परिणामस्वरुप अहिलेको अवस्था आएको हो,” थापाले भने ।

संसद विघटन गरेर संविधान र लोकतन्त्रमाथि प्रहार भएको भन्दै ओलीको कदम नसच्चिए आगामी दिन नेपाल र नेपालीका लागि कठिन हुने उनको दाबी छ ।

“संसद विघटनको विषय अहिले अदालतमा विचाराधीन छ, म र मेरो पार्टी स्वतन्त्र न्यायालयमाथि विश्वास राख्छौं,” थापाले भने, “अदालतले विगतमा राजाको प्रत्यक्ष शासनको समयमा शाही आयोग खारेज गरेको थियो ।

अहिले पनि निष्पक्ष, कतैबाट प्रभावित नभई न्याय निरुपण हुनेमा विश्वस्त छौं ।” उनले केपी शर्मा ओलीले बाध्य भए मात्र चुनाव गराउने भन्दै त्यसका लागि कांग्रेसले चनाखो भएर बस्नुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top