आयोजना प्रमुख श्रीवास्तवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

१३ पुस ७७, मंगलबार

१३ पुस, काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना, परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

वागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्का समयमा सम्पन्न गर्न नसकेको उजुरीमा अनुसन्धान हुँदा आयोजना प्रमुख श्रीवास्तवसहित इन्जिनियर पाण्डव प्रसाद देव, महादेव खिम्ती निर्माण सेवा प्रालि का मेनेजिङ्ग डाइरेक्टर रवि सिंह, मैनाचुली निर्माण सेवा प्रालिका मेनेजिङ्ग डाइरेक्टर मदन कुमार अधिकारी र महादेव खिम्ती–मैनाचुली जेभी का आधिकारिक प्रतिनिधि सन्तोष प्रधान (शाही) माथि मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।

Advertisement

निजहरुले भ्रष्टाचार गरेको आरोपमा करिब तीन करोड ६५ लाख नौ हजार रुपैयाँ विगो कायम गरी मुद्धा दायर गरिएको आयोगद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

निजहरुले आयोजनाको स्टड निर्माणमा प्रयोग भएको ग्यावियन तारको गुणस्तर परीक्षण गरी स्पेशिफिकेशन बमोजिमको गुणस्तर यकिन गरेर मात्र ग्यावियन तार प्रयोग गराउनुपर्नेमा प्रथम रनिङ्ग बिलदेखि सातौं रनिङ बिलसम्मका सातवटा बिलहरुको भुक्तानी गर्दा कुनै परीक्षण नै नगरी स्टड निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्यावियन तारलाई स्वीकृत स्पेशिफिकेशन बमोजिम गुणस्तरयुक्त भएको भनी बील स्वीकृत गरी भुक्तानी गराएको पाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top