१३ पुस, विराटनगर ।
प्रदेश १ को सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले पदभार ग्रहण गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्कीले सामाजिक विकास मन्त्रीको थप जिम्मेवारी पाएपछि आज पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले एकिकृत एम्वुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका २०७७ बमोजिम प्रादेशिक एकिकृत एम्वुलेन्स तथा पूर्व अस्पताल व्यवस्थापन समिति गठन संवन्धि निर्णयमा हस्ताक्षर गरेका छन् । मन्त्री कार्कीलाई मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, महाशाखा प्रमुख, कर्मचारीहरुले स्वागत गरेका थिए ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले हिजो पदबाट राजीनामा दिएका थिए । उनको हिजै मन्त्रालयले विदाई गरेको थियो ।