१४ पुस, धनगढी ।
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन्।
मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेको प्रदेशका आन्तरिक मामला तथा कानुनमन्त्री प्रकाशसिंह शाहलले जनाकारी दिए। शाहका अनुसार मन्त्रीलाई हटाउने संविधानको अधिकार प्रयोग गर्दै हटाएको बताए।
मन्त्री बोहरा नेकपाको ओली समूहका नेता हुन्। मन्त्री बोहरा भने अहिले काठमाडौंमै भएको र आफूलाई जानकारी नभएको बताए।
बोहरालाई आज बिहान मुख्यमन्त्री भट्टले फोन गरेर र तपाई कुन पक्षमा भन्दै सोधेको र आफू ओली पक्षको नेता भएको उनले जवाफ दिएको बोहराको भनाइ छ।सुदूरपश्चिम प्रदेशसभामा प्रचण्ड(नेपाल समूहको स्पष्ट बहुमत रहेको छ ।










