महालक्ष्मी विकास बैंकमा भएको घोटालाका मुख्य आरोपी पक्राउ

१४ पौष, काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंक भएको घोटालाका मुख्य आरोपी पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पल्पा घर भई चन्द्रागिरि नगरपालिका बस्ने ६७ वर्षीय पद्म ज्ञवालीलाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले सोमबार पक्राउ गरेको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापाले जानकारी दिए । उनका अनुसार ज्ञवाली सुन जाँचकी हुन्।

Advertisement

ब्युरोले यस घोटालाका प्रमुख ऋणीहरूलाई पक्राउ गरिसकेको छ। तीन जना तत्कालीन शाखा प्रबन्धकसहित ७ जना पक्राउ ‍परेका छन्।

बैंकका कर्मचारीकै मिलेमतोमा पाँच हजार २२८ ग्राम सुन धितो राखेर ७ करोड ४२ लाख ऋण प्रवाह गरेपछि सिआइबीले अनुसन्धान अघि बढाएको थियो।

Advertisement

रकम बराबरको कर्जाका लागि १७ हजार ५०० ग्राम सुन धितो राख्न आवश्यक थियो।

अहिलेसम्म पक्राउ पर्नेमा तत्कालीन शाखा प्रबन्धक काठमाडौं महानगरपालिका-९ गौशालाकी ४२ वर्षीया स्मृति राना, पोखरा महानगर-९ घर भई चन्द्रगिर-११ सतुंगल बस्ने ३९ वर्षीया पिंकु पालिखे र ललितपुर महानगर-११ बस्ने ३७ वर्षीय अनिशसिंह सिंजापती छन्।

खोटाङका पूर्ण राई र देवानन्द राईलाई प्रहरीले मंसिर २६ गते नै पक्राउ गरेको थियो। उनीहरू दुवै जना ललितपुरका सुन व्यवसायी हुन्।

उनीहरूले राखेका कामदार सन्दीप लिम्बू पनि पक्राउ परेका थिए। उनी ललितपुर-१४ विशालचोका हुन्।

राईद्वयले २०७४ सालयता पटक-पटक महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाबाट कर्जा लिँदै आएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top