Nepal Times
Nepal Times
3
Shares

आन्दोलनमा सहभागी एक उखु किसानको हृदयघातका कारण निधन

आन्दोलनमा सहभागी एक उखु किसानको हृदयघातका कारण निधन

१४ पौष, काठमाडौं । बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी एक ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको छ ।

सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको आन्दोलनमा सहभागी अर्का किसान मुकेश ठाकुरले बताए । उनलाइ मंगलबार विहान हृदयघात भएको थियो ।

उनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए । समाजवादी पार्टी सर्लाहीका नेता केदारनन्द चौधरीका अनुसार सोमबार सरकासंग भएको किसान आन्दोलन सम्झौता प्रति उनले असहमति राखेका थिए ।

मृतक यादवलाई बैंकको १८ लाख रुपैयाँ ऋण रहेको चौधरीले बताए । पैसा नलिई आन्दोलन नत्याग्ने बताउँदै आएका यादव सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्ता र सहमति सहभागी थिएनन् ।

चाबहिलको कृष्ण प्रणामी मन्दिरमा बसेर यादव काठमाडौंमा जारी आन्दोलनमा सहभागी थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.