मुख्यमन्त्री पौडेलले संसदीय दलका उपनेता र सचेतकलाई पदबाट हटाए

Share this
728shares

१४ पुस, काठमाडाैँ ।

Advertisement

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेका छन्।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा दाहाल–नेपाल समूहका ४५ जना सांसदको नेतृत्व गरेका उपनेता जम्कट्टेल र सचेतक माझीलाई संसदीय दलका नेतासमेत रहेको पौडेलले मंगलबार पदमुक्त गर्दै स्पष्टिकरण सोधेका छन् ।

Advertisement

उनीहरुसहित ३० जना सांसदलाई स्पष्टिकरण सोधिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले बताए। उनीहरु दुवैजना पूर्व माओवादी पक्षका नेता हुन्।

नेकपाको दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यले पुस १० गते शुक्रबार मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top